वीरगंज । रामनिवास पटेल । बिरगंज महानगरमा केही दिन यता बढदै गएको गर्मीका कारण गरिब , वृद्व- बृद्वाहरु , बाटोमा हिड्ने बटुवाहरुको लागि राहत होस भन्ने उदेश्यका साथ चिसोपानी र सर्बत बितरण गरिएको थियो । बिरगंज पब्लिक कलेजको आयोजनामा तथा बिरगंज पब्लिक कलेज आईटी क्लबको समन्वयमा ४ हजार जनालाई चिसोपानी र सर्बत बितरण गरिएको बिरगंज पब्लिक कलेजका अध्यक्ष संकल्प शाक्यले बताउनु भयो ।
बिरगंजको घन्टाघरमा आइतबार बिहान १० बजे देखि दिउँसो ३ बजेसम्ममा लगभग ४ हजार जनालाई पानी सर्बत खुवाएको अध्यक्ष संकल्प शाक्यले जानकारी दिनु भयो । सो बितरण कार्यक्रममा सहयोगिको रुपमा बिरगंज पब्लिक कलेज आईटी क्लबका पदाधिकारीहरुले साथ दिएका थिए ।
बिरगंज पब्लिक कलेज आईटी क्लबका अध्यक्ष अमन सिद्धिकिको अध्यक्षतामा तथा बिरगंज पब्लिक कलेजका अध्यक्ष संकल्प शाक्यको विशेष उपस्थितिमा पानी र सर्बत बितरण गरिएको थियो ।त्यसैगरि क्लबका पदाधिकारीहरु बसरुदिन आलम , अनिष लुईटेल , मेघा गुप्ता , अन्जली सिंह , रिदम बनिया क्षेत्री , हिमानी सारन , पप्पु कुमार ,:अमिसा भट्टराई , आशुतोष यादव , प्रशान्त सरार्फ , संगित न्यौपाने , रिजा खड्कि , बिजय साह , आरती , सुजाता र पुजा लगायतको सहभागीता रहेको थियो ।