• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा रहेका प्रदेश सरकार मातहतका कार्यालयहरुको विकास बजेट खर्च ४० प्रतिशत मात्रै

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०८०, आईतवार १९:३६
  • १२६१

    वीरगंज । आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी रहँदा पर्सामा रहेका मधेस प्रदेश सरकार मातहतका विकास निर्माणसँग सरोकार राख्ने सरकारी कार्यालयहरुले ४० प्रतिशत मात्र विकास बजेट खर्च गर्न सकेका छन् । प्रदेश लेखा इकाइ कार्यालय पर्साको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा पर्सा जिल्लास्थित मधेस प्रदेश मातहतका सरकारी कार्यालहरुको विकास बजेट ३ अर्ब ७५ करोड ५० लाख ५२ हजार रुपैयाँ रहेकोमा आइतबारसम्ममा जम्मा १ अर्ब ५१ करोड १६ लाख ५९ हजार ६ सय ४८ रुपैयाँ मात्र खर्च हुन सकेको छ । मन्त्रालयगत रुपमा हेर्दा अर्थ मन्त्रालय मातहतका कार्यालयले १९ लाख ५० हजार रुपैयाँ बजेटमध्ये १८ लाख १७ हजार ६ सय ४५ रुपैयाँ खर्च गरेका छन् । उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गतका कार्यालयको विकास बजेट २७ करोड ३६ लाख ९ हजार रुपैयाँ रहेकोमा ७ करोड ३४ लाख ६३ हजार ९७ रुपैयाँ ६२ पैसा मात्र खर्च भएको छ ।

    भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका कार्यालयहरुको विकास बजेट ८ करोड ४५ लाख ५० हजार रुपैयाँ रहेकोमा ३ करोड २६ लाख ७७ हजार ७ सय ८ रुपैयाँ ६१ पैसा मात्र खर्च हुन सकेको छ । सबै भन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका कार्यालयहरुको विकास बजेट ३ अर्ब ३ करोड ६२ लाख ८३ हजार रुपैयाँमध्ये १ अर्ब २३ करोड ५७ लाख ६५ हजार २ सय ८ रुपैयाँ मात्र खर्च हुन सकेको छ । शिक्षा तथा समाज कल्याण मन्त्रालय मातहतका कार्यालयहरुको वार्षिक विकास बजेट ३५ करोड ८६ लाख ६० हजार रुपैयाँ रहेकोमा १६ करोड ७९ लाख ३५ हजार ९ सय ८९ रुपैयाँ मात्र खर्च भएको छ । १ अर्ब ५६ करोड ६६ लाख २० हजार रुपैयाँ विकास बजेट रहेको पूर्वाधार विकास कार्यालय पर्साले ५४ करोड ८ लाख ४८ हजार ७ सय ९ रुपैयाँ ५० रुपैयाँ मात्र खर्च गरेको छ । १ अर्ब १ करोड ७९ लाख ५७ हजार रुपैयाँ बजेट रहेको शहरी विकास तथा भवन कार्यालय पर्साले हालसम्म ४३ करोड १८ लाख ७७ हजार ६ सय ४७ रुपैयाँ मात्र खर्च गर्न सकेको छ । २५ करोड ३९ लाख ८० हजार रुपैयाँ विकास बजेट रहेको जलश्रोत तथा सिँचाई विकास डिभिजन पर्साले १० करोड ७८ लाख ६३ हजार ९ सय ४९ रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।

    १९ करोड ५८ लाख ४७ हजार रुपैयाँ बजेट रहेको भूमिगत जलश्रोत तथा सिँचाई विकास डिभिजन पर्साले हालसम्म जम्मा १५ करोड ४२ लाख ८ हजार ६ सय ८६ रुपैयाँ मात्र खर्च गर्न सकेको छ । सामाजिक विकास इकाइ कार्यालय पर्साले ३४ करोड ९५ लाख रुपैयाँ बजेटमध्ये १६ करोड ७८ लाख ७१ हजार ७ सय ५९ रुपैयाँ मात्र खर्च गर्न सकेको छ । प्रदेश लेखा इकाइ कार्यालय पर्साका प्रमुख श्यामउदय ठाकुरले मधेस प्रदेश सरकार मातहतका कार्यालयहरुले विकास बजेट खर्च गर्न नसक्नुको प्रमुख कारण जिल्लाले पाउने सशर्त बजेट ढिलो गरी आउनु रहेको बताए । ‘यस वर्ष १ महिनाअघि मात्रै सशर्त बजेट जिल्लामा आइपुगेको हो,’ उनले भने । यस बाहेक कतिपय विकास निर्माणका काम चालु अवस्था रहेकाले पनि बजेट कम खर्च भएको देखिएको उनले बताए । आर्थिक वर्ष सम्पन्न हुनुअघि हालको भन्दा बढी विकास बजेट खर्च भइसक्ने पनि उनले दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑