• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नागरिकताको विषय टुङ्गो नलगाइए आन्दोलनमा उत्रिने पूर्वमन्त्री यादवको चेतावनी

  • वीरगंज संजाल
  • २६ जेष्ठ २०८०, शुक्रबार १८:३२
  • १४७७

    वीरगंज । सर्वोच्चको अल्पकालीन आदेशविरुद्ध सडक आन्दोलनमा उत्रेका नागरिकताविहिन सङ्घर्ष समितिको धर्नामा जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले ऐक्यबद्धता जनाएका छन् । काठमाडौँस्थित माइतीघर मण्डलामा देशभरबाट पुगेका युवाहरुले सर्वोच्चविरुद्ध सुरु गरेको धर्ना कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) समेत रहेका यादवले ऐक्यबद्धता जनाएका हुन् । धर्ना कार्यक्रममा सहभागी हुँदै सांसद् यादवले नेपाली आमाबुवाको सन्तानले नागरिकता पाउनका लागि सडकमा उत्रेर सङ्घर्ष गर्नु दुर्भाग्यपूर्ण भएको बताए । संविधानले दिएको अधिकारमाथि समेत सर्वोच्चले हचुवाको भरमा अल्पकालीन आदेश जारी नगर्नुपर्ने भन्दै उनले छिटोभन्दा छिटो मुद्दाको छिनफानो गरेर नागरिकता वितरण पुनः सुरु गरिनुपर्ने बताए ।

    नागरिकताविहिनको पिडा आफूले बुझेको बताउँदै उनले भने, ‘तराई–मधेस मात्र नभएर देशभर लाखौँ युवा आज नागरिकता नभएर समस्यामा परेका छन् । उनीहरुको भविष्य अन्धकार तर्फ धेकेलिँदै छ । लाखौँ युवाले देश, विदेशमा रोजगार पाइरहेका छैनन्, वर्षौं लगाएर सिकेको सिप राष्ट्रनिर्माणमा प्रयोग गर्न सकेका छैनन् । उनीहरुको पिडा मैले बुझेको छु ।’केही सिमित व्यक्तिहरुले आफ्नो खोक्रो राष्ट्रवाद सिद्ध गर्न नागरिकताको विषयलाई जबरजस्ती विवादित बनाइरहेको यादवले आरोप लगाए । ‘आफ्नो सरकार जोगाउनका लागि नागरिकता विधेयक आध्यादेश मार्फत तत्कालिन राष्ट्रपतिले प्रमाणीकरण गर्दा ठिक थियो आज त्यहीँ विधेयक लाइनटूलाइन दुई÷दुई पटक सदन मार्फत पास भएर राष्ट्रपतिबाट प्रमाणीकरण हुँदा विरोध गर्नेहरु ढोंगी हुन् । उनीहरु राष्ट्रभक्त होइन, राष्ट्रघाती हुन्,’ पूर्व वन तथा वातावरणमन्त्रि समेत रहेका यादवले भने ।

    नागरिकताको समस्यालाई छिट्टै समाधान नगरिए काठमाडौँ मात्र नभएर देशभरका युवाले ठाउँठाउँमा आन्दोलन सुरु गर्ने यादवले चेतावनी पनि दिए । जसपाको पोलिट ब्यूरो सदस्यसमेत रहेका उनले भने, ‘नागरिकताको विषयलाई अझै लम्ब्याइयो भने हामी पनि सडकमा आएर आन्दोलन गर्न बाध्य हुन्छौँ । यादवले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विद्येयक प्रमाणीकरण गरेर यसअघिकी राष्ट्रपति भण्डारीबाट भएको त्रुटिलाई सच्याएकोमा प्रशंसा गरे । उनले भने, ‘म राष्ट्रपतिलाई धन्यवाद भन्न चाहन्छु ।’नागरिकताविहिन सङ्घर्ष समितिको आयोजनामा बिहिबारदेखि काठमाडौँको माइतीघर मण्डलमा धर्ना कार्यक्रम सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रामाणीकरण गरेको नागरिकता सम्बन्धि विधेयकमाथि सर्वोच्चले अल्पकालीन आदेश जारी गर्दै रोक लगाएपछि उनीहरु आन्दोलित भएका हुन् । एक तथ्याङ्कअनुसार देशभर हाल १२ लाखभन्दा बढी युवाले नागरिकता प्राप्त गर्न सकेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑