पर्सा । पर्साकाे ग्रामीण भेगमा विद्युत चाेरी गरेर उपभाेग गर्ने ७ जनालाई नेपाल विद्युत प्राधिकरणकाे विद्युत चुहावट नियन्त्रण टाेलीले पक्राउ गरि प्रहरीकाे जिम्मा लगाएकाे छ । विद्युत प्राधिकरण पाेखरिया वितरण केन्द्रबाट साेमबार राति सुरक्षाकर्मीसहित खटिएको विद्युत चुहावट नियन्त्रण टाेलीले ग्रामिण भेगका विभिन्न गाँउबाट ७ जनालाई नियन्त्रणमा लिएको हाे ।
विजुलीकाे पाेलमा सिधै तार हुकिङ्ग गरेर विद्युत प्रयाेग गरिरहेमाे अवस्थामा बागेश्वरी गाउँबाट ३ जना, भेलाहा गाँउबाट २ जना तथा कट्टीबलुवा र नगरदाहा गाउँबाट १/१ जना गरि ७ जनालाई नियन्त्रणमा लिइएकाे प्राधिकरण पाेखरिया वितरण केन्द्रकाे विद्युत चुहावट नियन्त्रण टाेलीका ईन्चार्ज सद्दाम हुसेनले जानकारी दिए ।
त्यसक्रममा ३ थान विद्युतीय माेटरपनि बरामद गरिएको उनले बताए ।नियन्त्रणमा लिइएकाहरुलाई आवश्यक कारबाहीका लागि मंगलबार बिहान ईलाका प्रहरी कार्यालय पाेखरियामा बुझाइएको हुसेनले जानकारी दिए ।