वीरगंज । रामनिवास पटेल । बहुदरमाई नगरपालिका वडा नम्बर ४ मा निर्माण भएको बिद्यालय भवनमा व्यापक लापरहावाही भएको भन्दै एमाले नेता शिव पटेलले चिन्ता व्यक्त गरेका छन । पटेलले निर्माण भएको भवनमा ब्यापक लापरवाही भएको स्थानियको जनगुनासो आए पछि आज बिहान अवलोकन गर्दै सो चिन्ता व्यक्त गरेका हुन । “नगरपालिकाले तयार गरेको एसटिमेट अनुसार ढलानमा भएको कमि पलासटर भैसके पछि हामीलाइ छुट्याउन गार्हो छ ,जुन प्राबिधिकले गर्छ तथापि काम कमसल छ अन्य कार्यलाई द्रुतगतिमा अगाडि बढाईएको छ ” पटेलले भने । पटेलले समयमै सो भवनको प्राबिधिक जाच गरि उचित छानबिन गरि भविष्यमा हुने दुर्घटनाबाट बिद्यार्थीहरुलाई जोगाउन अनुरोध समेत गरेका छन ।
उनले यस अघि सोही वडामा छठघाट ढलान कार्यमा लापहारवाही हुदा एकजनाको दुखत निधन भएको स्मरण गर्दै पुनः त्यसता घटना हुन न दिन सचेत समेत गराए । उनले व्यक्तिगत स्वार्थका लागि जनताको पैसा हिनामिना गर्ने छुट कसैलाई पनि नभएको र त्यसता गल्ती गर्नेलाई नछोड्ने समेत चेतावनी दिए । यता बिद्यालयका प्रधानाध्यापक अजय यादवले भवन निर्माणमा आफनो सहभागिता नभएको बताउदै एक तल्ला सम्मको काम ठिक भएको र दोस्रो तल्लाको काम चित बुझदो नभएको बताए । यसैगरी बिद्यालय भवन निर्माणको लागि डोर हाजरिमा खटेका स्थानिय चन्दन यादवले निर्माण समितीबाट राजिनिमा दिएका छन् । सुपरभाईजरको जिम्मेवारीमा रहेको यादवले ठेकेदारले कमसल र नियम बिपरित काम गरेकोले आफुले राजिनामा दिएको बताए ।
उनले भवन निर्माण्मा चरम लापरवाही र अनियमिता भएको ठोकुवा गरे । यता यस बिषयमा नगरपालिका प्रमुख सिगांसन साह संग बुझदा आरोपको खण्डन गर्दै त्यस्तो काम नभएको दावी गरे । यस बिषयमा उप प्रमुख सुशमा कुशवाहा संग बुझ्न खोज्दा म अहिले पंचायतीमा आफुसँग समय नरहेको बताईन। प्रमुख प्रशासकिय अधिकृत शेरे मुस्ताफाले स्थानियको आरोप अनुसार भवनको प्राबिधिक जाँचको लागि पत्र काटिएको जानकारी दिए । उनले प्राबिधिक रिर्पोट नआए सम्म ठेकेदारको पैसा रोका गरिएको बताए । उनले निमय बिपरित काम गरेको पाईए ठेकेदारलाई कारवाही हुने समेत बताए । सो भवन एक करोड तिन लाख १८ हजारको लागतमा निर्माण भएको छ ।