• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सांसद् यादवले गरे वडा कार्यालय भवनको शिलन्यास

  • वीरगंज संजाल
  • १९ जेष्ठ २०८०, शुक्रबार १३:३९
  • ३२५७

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा निर्माण हुने वडा कार्यालय भवनको शुक्रवार (आज) शिलान्यास गरिएको छ ।

    जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले हिन्दू धर्म संस्कृतिअनुसार पूजापाठ गर्दै वडा कार्यालय भवनको शिलन्यास गरेका हुन् ।

    शिलान्यास गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) यादवले भवन निर्माणसँगै वडा कार्यालयबाट हुने सेवा प्रवाहमा सहजता आउने विश्वास व्यक्त गरे । आफ्नै भवन भएपछि हाल पूरानो पूर्वाधारसहितको साँघुरो भवनबाट सञ्चालित वडा कार्यालयबाट सेवाग्राहीले भोगिरहेको सास्तीको पनि अन्त्य हुने उनको विश्वास छ ।

    जनतासँग प्रत्यक्ष रुपमा काम गर्ने सरकार भनेकै स्थानीय तह भएको बताउँदै उनले भने, ‘गुणस्तरीय र जनअपेक्षाअनुसार सेवा प्रदान गर्न कार्यालयको ठूलो भूमिका हुन्छ । हालको वडा कार्यालयमा कुनैपनि सुविधा छैन । सेवाग्राहीका लागि राम्रोसँग बस्ने ठाउँको समेत व्यवस्था छैन,’ उनले भने, ‘नयाँ भवन बनेपछि सबै समस्याको समाधान हुने मैले विश्वास लिएको छु ।’

    पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले एक फरक प्रसङ्गमा बोल्दै सङ्घ सरकारले वीरगञ्ज महानगरलाई हेपेको आरोप लगाए । ‘मधेश प्रदेशको एक मात्र महानगर वीरगञ्ज हो । तर सङ्घ सरकारले वीरगञ्जका लागि पठाएको बजेट पर्याप्त छैन । बढी राजश्व उठ्ने र पूर्वाधार निर्माणको आवश्यकता रहेको वीरगञ्जलाई ठूलो अनुदान दिनुपर्नेमा काठमाडौँलाई धेरै अनुदान दिने सरकारको नीति गलत छ,’ उनले भने । वीरगञ्जको विकासका लागि विशेष प्याकेज ल्याउन आफू लागिपरेको उनले सुनाए ।

    शिलान्यास कार्यक्रममा विशिष्ट अतिथि रहेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले छिट्टै महानगरका प्रत्येक वडाले आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्ने बताए । बाँकी रहेका वडाहरुमा पनि पर्याप्त सुविधासहितको वडा कार्यालय भवन बनाउन बजेट व्यवस्थापनमा आफूहरु लागेको उनले बताए ।

    “वैभव वीरगञ्ज” को सपनालाई साकार पर्न आफूलाई नगरवासीको साथको खाँचो रहेको बताउँदै उनले भने, ‘मेरो कल्पनाअनुसारको वैभव वीरगञ्ज बनाउन मलाइ नगरवासीको साथको खाँचो छ । विगतका एक वर्षमा मैले महानगरमा रहेको नीतिगत एवम् संरचनागत समस्यालाई समाधान गरे । अब विकास निर्माणको कामलाई गति दिनुछ । परवानीपुरसहितका सम्पूर्ण ग्रामिण वडालाई प्रमुख बजारसँग जोड्न सडकदेखि अन्य आवश्यक पूर्वाधारको काम पनि छिट्टै अगाडि बढ्छ ।’

    कार्यक्रममा वडावडा अध्यक्ष राधाकृष्ण साह रौनियार, निवर्तमान वडाअध्यक्ष हबिब मियाँलगायत स्थानीय बुद्धिजीवी, अग्रज, समाजसेवी र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति थियो ।

    महानगरको नगरस्तरीय १ करोड ७ लाख रुपैयाँ बजेटमा बन्न लागेको वडा कार्यालय भवन निर्माणको ठेक्का दिव्य सूर्योदी आस्था जेभी, वीरगञ्जले पाएको छ । शिलन्यास भएको मितिदेखि ९ महिना भित्र निर्माण सम्पन्न हुने दुई तल्ले भवनमा १२ कोठा हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑