सुत्केरी पत्नी अस्पतालमै बन्धक भएपछि सडकमा भिख माग्दै पति
वीरगंज संजाल
Dec 12, 2019, 6:38 am
३३०४
शेयर
सुत्केरीबापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ललितादेवी खगले विराटनगरपस्थित विराटनगर अस्पतालबाट डिस्चार्ज हुन पाएकी छैनन्।
एकमहिने सुत्केरी ललिताका पति गोकुलकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन्।
यो खबर आजको कान्तिपुर दैनिकमा राजविराजबाट अवधेशकुमार झाले लेखेका छन्।
विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा दुई छोरी जन्माएपछि ललितालाई विराटनगर अस्पताल पुर्याइएको थियो।
पत्नीको उपचारमा अहिलेसम्म दुई लाख बढी खर्च गरिसकेको गोकुलकुमारले बताए।