• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पाँच मिनेटमै गायब हुन्छ गढीमाई मन्दिरमा चढाएको भेटी

  • वीरगंज संजाल
  • १४ जेष्ठ २०८०, आईतवार १९:१२
  • ३४०५

    बारा । वीरगञ्ज ब्रह्म चौककी नगिया देवीले गत असोज दशैंको अष्टमीका दिन बाराको गढीमाई मन्दिरमा २ तोलाको चाँदीको छड्के तिलहरी चढाइन् । मन्दिरमा पूजारीसँग देवीको पूजापाठ गरी ‘अब यो तिलहरी माताको मुर्तिमा सधै लगाइदिनु’ भन्दै मन्दिर बाहिर आइन् । बाहिर आएको १० मिनेट पछि फेरी फर्केर मन्दिरमा जाँदा त्यो तिलहरी माताको घाटिमा थिएन । उनले मन्दिरका पूजारीसँग सोधिन्, ‘पण्डितजी माताले लगाएको तिलहरी किन हटाइदिनुभयो? तिलहरी कहाँ छ? हेर्दिनुहोस् त !,’ यति सोधेपछि त्यहाँ बसेका सबैले भने, ‘तिलहरी त समितिका मान्छेले लगे, तपाईँ चिन्ता नगर्नुस् हामी माताको श्रृगांरमा सधै तिलहरी लगाइदिन्छौँ ।’ तिलहरी चढाएको आठ महिना बितिसक्दा पनि त्यसको अत्तोपत्तो छैन । यहीँ बैशाख १५ गते बारा सिम्रौनगढकी मनोरमा देवी सोनारले गढीमाई मन्दिरमा १ थान चाँदीको मुकुट चढाइन् । चढाएको केहि बेरपछि मुकुट माताको शिरमा थिएन् । मुकुट पूजारीले आफ्नो घर लागेको खबर पाएपछि समितीका सदस्यले तत्काल मुकुट ल्याउन लगाएर त्यसको रसिद काटे । अहिले मुकुट समितीको लकरमा सुरक्षित छ । गढीमाईको दर्शनका लागी झापाबाट आएका मनिषमान सिंहले मन्दिरको नाममा चैत २९ गते समितीको कोषमा ५०० रुपैयाँ जम्मा गरे । सुनसरी इटहरीबाट आएका मृगेन्द्र यादवले पनि यहि बैशाख १९ गते ५०० रुपैयाँको रसिद काटे । दिनहुँ यसरी मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु ठूलो रकम चढाउने गर्ने गरेका छन् ।

    नेपाल तथा भारतबाट आउने हजारौँ दर्शनार्थीले श्रद्धा पूर्वक गढीमाईलाई सुनचाँदीको गहना तथा नगद रुपैयाँ चढाउने गरेका छन् । तर गहना चढाएको पाँच मिनेट भित्रै त्यो गायब हुन्छ, कसले लग्यो भनेर भक्तहरु अलमलमा पर्छन् । पूजारीसँग सोध्दा समितीका व्यक्तिले लगे र समितिका व्यक्तिलाई सोध्दा पूजारी लगे भनेर एकअर्कामाथी दोषारोपण गर्छन् । बारा जिल्लाको महागढीमाई नगरपालिकाको बरियापुर गाउँस्थित गढीमाई मन्दिर पञ्चवर्षीय मेलाको नामले संसारभरी चर्चित छ । लाखौँको संख्यामा आउने दर्शनार्थीले गर्दा यस मन्दिरमा चढाइने भेटी र राँगा बलि विश्व प्रसिद्ध छ । मन्दिरमा दिनहुँ नेपालका विभिन्न ठाउँदेखि छिमेकी राष्ट्र भारतलगायत तेस्रो मुलुकसमेतबाट समेत लाखौँ दर्शनार्थीहरु आउँछन् । सामान्य दिनमा नगद र भेटीको रकम लाखौँ रहेपनि मेलाको समयमा त्यो करोडौंमा पुग्छ । मातालाई चढाइने सुनचाँदीका गहनाको त कुनै लेखा जोखा नै छैन ।

    गत वर्षको माघ महिनादेखी यस वर्षको वैशाख महिनासम्मको अवधिमा मन्दिरमा दुईवटा चाँदीका मुकुट, सिक्कासहितको चाँदीका हार, सुनको नथिया एक जोड, टिका, दुइ जोड तिलहरीलगायतका भेटी चढेको छ । श्रद्धालुहरुले रसिद काटेर भेटी चढाएको हुँदा त्यसलाई समितिको लकरमा राखिएको छ । यसबाट गढीमाई मन्दिरमा अहिलेसम्म कति गहना भेटि चढेको होला भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । मन्दिरको आम्दानी तथा विकासको बारेमा कसैले जिज्ञासा राख्यो वा कहिँकतै बोल्यो भने समितिका सदस्य र मन्दिरका पूजारीका आसेपासेहरुले दुर्व्यहार गनुको साथै हातपातसमेत गर्ने गरेको स्थानीय एक व्यवसायीले बताए । गढीमाई मेलाको वर्ष दर्जनबढी संघ संस्था, एनजिओ र स्थानीय रुपमा क्लब देखा परेपनि अन्य दिन उनीहरुको सहभागीता शून्य हुने गरेको स्थानीयहरुको भनाइ छ ।

    आम्दानी पारदर्शीतामा एक अर्कामाथि दोषारोपण

    मन्दिरका पूजारी, समिती, पदाधिकारी र नगरप्रमुखलगायतसँग गढीमाई मातालाई श्रद्धालुले चढाएको गरगहना, नगद र जिन्सीको बारेमा प्रश्न गर्दा उनीहरुले एकअर्कामाथि दोषारोपण गर्ने गरेका छन् । मन्दिरका पूजारी चन्द्रदेव चौधरीले देवीलाई चढाउने भेटी समितीका व्यक्तिले लिएर जाने गरेको आरोप लगाउँछन् । चौधरीले भन्छन, ‘गहनाको त ठेकान छैन कति छ कति । हामीले त बारम्बार भनेकै हुन्छौँ, गहनाले देवीको श्रृगांर गर्न तर यहाँ समितीले दिए पो । देश विदेशबाट पर्यटकहरु मन्दिरमा आउँछन्, सजावटको लागी पनि हुन्छ तर यहाँ कुनै सामान आउने वित्तिकै समितीले लगी हाल्छ, हामीले के गर्ने?’ समितीका सदस्य हरेन्द्रप्रसाद कुशवाहाकाअनुसार मन्दिरम गहना चढाउने बित्तिकै पूजारीहरुले त्यसलाई आफ्नो लिएर जाने गरेका छन् । ‘एक पटक मन्दिरका पूजारी शम्भु चौधरीले मातालाई चढाइएको मुकुट केहि बेरमै आफ्नो घर लिएर भागे, हामीलाई जानकारी आएपछि प्रहरीको सहयोगमा मुकुट झिकाउन लगायौं,’ उनले भने ।

    आफूले असार मसान्तमा एकवर्ष भित्रका सबै नगदी तथा जिन्सीका गरगहना समेतको रेकर्ड राखेर समितिमा बुझाउने गरेको कुशवाहाले बताए । त्यसपछि गढीमाईको मूल समितिले आम्दानीको हिसाबकिताब कसरी पारदर्शीता गर्ने बारे आफूले केही भन्न नसक्ने उनको भनाई छ । श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितीका अध्यक्ष रामचन्द्र साह तेलीले भेटीको रकम चलखेल गर्ने धेरै निकाय रहेको बताए । यसमा समिती मात्र जिम्मेवार नरहेको उनको भनाइ छ । उनी विगत २० वर्षदेखी यस समितीमा धेरै व्यक्ति छन् । समितीमा पूर्जा कटाएको भेटीको मात्र आफूहरुलाई जानकारी हुने गरेको तर सोझै मन्दिरमा देवीलाई चढाइएको गहना र पैसा पूजारीले लिने गरेको उनले बताए । साहले भने, ‘माताको भेटी कहाँ चढ्छ, कुनै जोखेको थोडै छ, अब कसैले आँखा चढाइदियो, हार चढाइदियो, छत्र चढाइदियो यो सब श्रद्धाको कुरा हो, रसिद कटाएको समितिलाई मात्र थाहा हुन्छ, बाँकी कसले लग्यो हामीलाइ थाहा छैन ।’ मन्दिरमा चोरी हुन् सक्ने डर भएकाले गहना देवीको मुर्तिमा नलगाइ समितिले लकरमा राख्ने गरेको उनको तर्क छ । मन्दिरमा अहिलेसम्म डेढ सय जति चाँदीका आखाँ सातवटा मुकुट चाँदीका छत्र आफूहरुसँग रहेको अध्यक्षले जानकारी दिए । मन्दिरको आम्दानी र भेटिको रेकर्डको बारेमा बुझ्दा उनले देखाउँ आलटाल गरे ।

    भेटीमा आएका गहनाबाट माताको मूर्तिलाई शृंगार्न तथा सजाउने कार्य हुन् भनिएपनि हालसम्म त्यस्तो भएको कसैले पनि देखेको छैन । मन्दिरको आम्दानी पनि मासिक ५० हजारदेखि १ लाख रुपैयाँसम्म हुने गरेको समितिले जनाएको छ । पञ्चवर्षिय मेलामा एक करोड बराबर आम्दानी भएपनि मेला व्यवस्थापनमा आधाभन्दा बढी खर्च हुने गरेको समितिले जनाएको छ । समितिका कोषाध्यक्ष महेश जयसवालकाअनुसार मन्दिरको सम्पूर्ण भेटी समितीको कार्यालयमा राखिएको छ । चोरीको डरका कारण भेटीमा आएका गहानहरु मातालाई नलगाउनु गरिएको उनले बताए । जयसवालले भने, ‘सबै गहना त लगाउन सकिँदैन, त्यहाँ हामीले समितिको तर्फबाट राम्रो गहना पूजारीको जिम्मा लगाइदिएका छौं, यहाँ मान्छेहरु सधै केहिनकेहि गहना लिएर आउने गर्छन्, अब सबै त मातालाई लगाइदिन सकिँदैन।’

    मन्दिरमा सुरक्षा व्यवस्था कमजोर भएकाले पनि गहना समितिको लकरमा राख्नु परेको जयसवालको भनाई छ । हरेक वर्षको आश्विन महिना अर्थात दशैंको दिनमा कोषमा भएको सबै सम्पति खुलाउने गरिएको उनले दावी गरे । तर स्थानीय भने कोषको रकम र सम्पति बारे सार्वजनिक रुपमा कहिल्यै नखुलाइएको बताउँछन् । यता महागढीमाई नगरपालीकाका मेयर उपेन्द्र यादवले भेटीको बारेमा व्यवस्थापन समितीलाई जानकारी हुने गरेको बताए । कोहि श्रद्धालुले समितिमा रसिद नकटाइ गहना चढाएका छन भने पूजारीहरुले आफैमा बाँडफाँड गर्छन् । पूजारीहरुको तलब नतोकिएकाले उनीहरुले यस्तो गरेको मेयर यादवको तर्क छ । यादवले भने, ‘भेटीको संरक्षण विषयलाई मैले आफ्नो प्रथम कार्यकालदेखि नै उठाउँदै आएको छु तर यसमा समितीले कुनै चासो देखाउँदैन, बितेको पञ्चवर्षिय मेलामा भेटीको टेण्डर नै गरेका थियौ, त्यो बेला तिन दिनको भेटी संरक्षणमा हामीलाई १८ लाख रुपैयाँ आएको थियो ।’ मन्दिरको आम्दानीबाट अहिलेसम्म नगरपालीकाले केहि नलिएको मेयर यादवको दावी छ । मन्दिरको सफाइदेखी अन्य खर्च सबै नगरपालीले व्यहोर्ने गरेको उनले बताए । कानूनी प्रकृया बिना समितिले टेण्डर लगाउने गरेको उनले आरोप पनि लगाए । पूजापाठ र मन्दिरको अन्य गतिविधि भन्दापनि भेटी र टेण्डरमा समितिको ध्यान बढी केन्द्रित हुनेगरेको उनले बताए ।

    सुरक्षा व्यवस्था कडा

    मन्दिरमा आउने श्रद्धालु तथा भक्तजनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । मन्दिरको चारैतिर १० वटा सिसिटिभि क्यामरा जडान छ भने त्यसको निगरानी नेपाल प्रहरीले गर्छ । नगर प्रहरी अनीलकुमार लहेराले मन्दिरमा चोरीको हुने कुनै सम्भावना नै नभएको बताए । लहेराले भने, ‘मन्दिरमा बिहान ६ बजेदेखि रातको १२ बजेसम्म ७ जना नगर प्रहरीको ड्युटि हुन्छ, यहाँ देवीको मुर्तीबाट चोरी हुन सक्दैन, दर्शन गर्न आउने भक्तजनहरुको पाकेटमारले चोरी गर्छन त्यो पनि भिडको बेलामा मात्र तर तिनीहरु पनि समातिन्छन् ।’ मन्दिरमा चौधरी र कानु जातिका ३५ जना पूजारी छन् । भिडअनुसार दैनिक १० देखि १५ जना पूजारीहरु आलोपालो गरेर खट्ने गरेका छन् । गढीमाईको मुर्तीको दाँयाबाँया दुई जना र हातमा रक्षासुत बाध्न तथा टिका लगाउन अन्य तीन जना पूजारी त्यहीँ अगाडि बसिरहेका हुन्छन् । देवीको प्रतिमा अगाडि डबल चेन गेट लगाइएको छ ।

    बाराका प्रहरी उपरिक्षक (एसिपी) होबिन्द्र बोगटिकाअनुसार मेलाको समयमा शान्ति सुरक्षा व्यवस्थापनका लागि विशेष ध्यान दिनुपर्ने हुन्छ । मेलाको समयमा भारतीय लुटेराहरुको गिरोह सक्रिय हुने गरेकोले सुरक्षा व्यवस्था चुनौतीपूर्ण बन्ने उनको भनाई छ । तर, प्रहरीले कडा निगारनीका साथ कारवाही पनि गर्ने गरेको एसपी बोगटीले दावी गरे । मन्दिरको आन्तरिक सजावट र बहुमूल्य समानको निगरानी नेपाल प्रहरीले सिसिटिभी मार्फत गरिरहेको हुँदा यसमा डराउने कुरा नभएको उनको भनाइ छ । बोगटिले भने, ‘मन्दिर अगाडि हामीले प्रहरी बुथ राखेका छौं, गढीमाई मन्दिरको सुरक्षाका लागी नै ३ जना प्रहरी छन् । सुरक्षाको विषयमा त्यहाँका स्थानीय जनप्रतिनिधिसँग पनि कुरा भएको छ । मन्दिरको सम्पति सुरक्षाका लागी थप सुरक्षा चाहे हामीहरु अझ दिन तयार छौ ।’

    मन्दिरमा करोडौंको आम्दानी विकास भने अव्यवस्थित

    गढीमाई मन्दिरमा करोडौँको आम्दानी भएपनि विकास नहुन सकेको स्थानीयको गुनासो छ । आपसी मनमुटाव, पार्टीगत राजनीति द्वन्द्व जस्ता अन्य कयौं कारणले मन्दिर विकासको लागि सबै एकढिक्का भएर काम गर्दैनन् । भिआईपीहरुको लागि एसी जडित शौचालय निर्माण भएपनि अन्यको लागि व्यवस्थित शौचालय समेत छैन । करिब पाँच वर्षदेखि निर्माणाधिन सूर्य मन्दिर अधुरै छ । खाने पानीकोसमेत कमी हुनेगरेको श्रद्धालुहरु बताउँछन् । अहिले नगरपालीकाले पनि मन्दिरमा चलखेल गरिरहेको समितीका अध्यक्ष रामचन्द्र साहको भनाइ छ । गएको वर्षको मेलाबाट ४ करोड रुपैयाँ आम्दानी हुने ठाउँमा नगरपालीका र जिल्ला प्रशासनका प्रमुखले गर्दा मन्दिरले दुई करोड रुपैयाँ मात्र कमाई भएको उनले बताए । नगरपालिकाका जनप्रतिनिधि र समितिका सदस्यहरुको द्वन्द्वका कारण मेला लगाउन समेत समस्या हुनथालेको छ ।

    २०६३ सालमा पर्यटन क्षेत्र घोषणाको तयारी हुँदा नेपाल सरकारबाट आएको ४५ लाख रुपैयाँ बजेटबाट मेलामा राँगा काट्ने मैदान तयार भएको छ । तर, त्यसपछि मन्त्रीमाथि भएको दुर्व्यवहारका कारण बजेट रोकिएको अध्यक्ष साहले बताए । उनले भने, ‘२०६६ सालको मेलामा पूर्व साँसद् शिवचन्द्र कुशवाहाले पनि लुट मचाए । त्यो बेला पर्यटन क्षेत्र घोषणा भएको मन्दिरमा मन्त्रीमाथि कुशवाहाला जुत्ता चप्पल चलाउन लगाउँदा पर्यटन विभागबाट आउने गरेको बजेटपनि कटौती भयो, अहिले केहि आउँदैन ।’

    प्रदेश सरकारको सहयोगमा अहिले मन्दिर नजिकै ८ करोडको लागतमा बनिरहेको विवाह मण्डपको निर्माण अन्तिम चरणमा पुगेको छ । मण्डपमा रंगरोगनको काम भइरहेको छ । यसमा नगरपालिकाले केहि सहयोग नगरेको समितिको भनाइ छ । मन्दिरको आम्दानीबाट हालका दिनसम्म करिब अढाइ विगहा जग्गा खरिद गरि मन्दिरको अचल सम्पति निर्माणमा मुल समिति लागेको अध्यक्ष रामचन्द्र प्रसाद साहले दावी गरे । समितिले ३ वटा कर्मचारी राखेको छ । जसलाई मासिक १२ देखी १५ हजार रुपैयाँसम्म तलब दिने गरिएको साहले बताए । पाँच वर्षदेख मन्दिर बाहिर लगाइएको पूजा पसलबाट भाँडा स्वरुपको पैसा उठेको छैन । उनीहरुबाट करिब तीन सय रुपैयाँको दरले हाल १८ लाख रुपैयाँ उठाउन बाँकी रहेको समितीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑