वीरगञ्ज । छिमेकीलाई छुरा प्रहार गरी फरार भएका व्यक्तिलाई प्रहरीले ७२ घण्टा भित्र नियन्त्रणमा लिएको छ । रौतहटको गौर नगरपालिका – ७ सिस्वा निवासी ४५ वर्षीय यार महम्द खानको हत्या गरी फरार भएका अभियुक्त शेख कबिरलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।
शेखले आफ्नो पूरानो रिसिइबी साध्न शुक्रबार राति साढे १० बजेको करिबमा खानको पटे र छातीमा छुरा प्रहार गरेर गम्बिर घाइते बनाएका थिए । तत्कालै स्थानीय अस्पताल लागिएको खानलाई चिकित्सकले मृत घोषणा गरे ।
आइतबार शेखलाई प्रहरीले गौरस्थित रामजानकी मन्दिर निजीकबाट नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थपेर आवश्यक अनुसन्धानसमेत सुरु गरेको रौतहट प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) उमाशंकर यादवले जानकारी दिए ।