काठमाडौं । नक्कली भुटानी शरणार्थी प्राक्रणमा प्रहरीको खोजी सूचीमा रहेका केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार मियाँ सिंहदरबार भित्रबाटै पक्राउ परेका हुन् ।
यस प्रकरणको अनुसन्धानका क्रममा बिचौलियाहरुले हज समितिको नाममा रहेको सरकार गाडी प्रयोग गरेको देखिएपछि मियाँ प्रहरीको खोजी सूचीमा परेका थिए । अनुसन्धानका क्रममा बिचौलियाहरुले समितिको सरकार नम्बर प्लेटको गाडी प्रयोग गरेर काठमाडौँ बाहिर विभिन्न ठाउमा जादै पैसा उठाउने गरेको भेटिएको थियो । यस प्रकरणमा पक्राउ पर्ने उनी १५औं व्यक्ति हुन् ।