वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले जथाभावी फोहोर फाल्ने ३८९ जना व्यक्तिलाई कारबाही गरेको छ। गत चार महिनाको अवधिमा जथाभावी फोहोर फाल्ने उनीहरुलाई जरिवानासहित महानगरले कारबाही गरेको हो ।
कारबाही स्वरुप उनीहरुबाट हालसम्म ९ लाख ११ हजार ५०५ रुपैयाँ रकम जरिवाना तिराइएको महानगरको फोहोरमैला व्यवस्थापन शाखाले जनाएको छ ।
वीरगञ्जलाई सफा र स्वच्छ राख्ने अभियान अन्तर्गतले महानगरले २०७९ जेठ १७ गतेदेखि जथाभावी फोहोर फाल्ने व्यक्तिलाई जरिवाना सहित कारबाही गर्न थालेको हो ।