• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    के हो असिना ? कसरी खस्छ जमिनमा ?

  • वीरगंज संजाल
  • १९ बैशाख २०८०, मंगलवार ०९:१८
  • ११३७

    काठमाडौं । अहिले प्रिमनसुनको समय हो । यो अवधिमा वर्षासँगै हावाहुरी र आकाशबाट स–साना बरफका डल्लाहरू झर्ने गर्छ । विशेष गरी अंगुरका दाना आकारका हुने यस्ता बरफका डल्लाहरू नै असिना हुन् ।

    असिनाको आकार ०.२ देखि ६ इन्चसम्म हुन्छ । एउटा असिनाको डल्लो आधा किलोग्रामसम्म हुनसक्छ । गाडी, हवाईजहाजमा क्षति, बालीनाली नष्ट गर्नेदेखि असिनाले लागेर जनावर र मानिसको ज्यान समेत जान सक्छ ।

    कसरी बन्छ असिना ?

    ‘सुपरकुल्ड वाटर’ अर्थात् अति चिसो पानीबाट असिना बन्ने गर्छ । पानी शून्य डिग्री सेल्सियसमा बरफ बन्छ । जम्छ । तर, शून्य डिग्री सेल्सियसभन्दा पनि चिसो नजमेको पानीलाई नै अति चिसो पानी अर्थात् सुपरकुल्ड वाटर भनिन्छ ।

    पानीको यो रोचक अवस्था कसरी बन्छ भन्नेबारे ठ्याक्कै वैज्ञानिक पुष्टि भइसकेको छैन । तर, पृथ्वीको माथिल्लो वायुमण्डलमा यस्तो हुन्छ ।

    जब यो अति चिसो पानी अर्थात् सुपरकुल्ड वाटर बरफको टुक्रा, धुलोको कण वा पानीको थोपासँग ठोक्किन्छ, तब यो जम्ने गर्छ । अति चिसो पानीबाट बरफ बन्ने प्रक्रिया कम्युलोनिम्बस बादलमा सुरु हुन्छ । विशेष प्रकारको यो कम्युलोनिम्बस बादलले नै गर्जन र चट्याङ पनि निम्त्याउँछ ।

    अति चिसो पानीबाट असिना

    कम्युलोनिम्बस बादलभित्र अति चिसो पानी अर्थात् सुपरकुल्ड वाटरबाट बरफको कण वा टुक्रा बन्न थाल्छ । आँधीबेरीका बेला देखिने च्याउ आकारको यो बादल २५ हजार मिटरसम्मको उचाइमा पुग्न सक्छ ।

    यो बादलभित्र बलियो हावाहुरीको धार तलदेखि माथितिर प्रवाह भइरहेको हुन्छ । यो बलियो हावाको प्रवाहलाई ‘अपड्राफ्ट’ भनिन्छ ।

    जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानांगले कम्युलोनिम्बस बादलभित्रको अपड्राफ्टका कारण असिना बन्ने बताए ।

    अति चिसो पानीबाट बनेका बरफका कणहरू पृथ्वीको गुरुत्वाकर्षण बलका कारण कम्युलोनिम्बस बादलको पिँधमा झर्न खोज्छ । तर, अपड्राफ्टका कारण यी बरफका कण माथितिर धकेलिन्छन् ।

    अपड्राफ्टका कारण बादलको माथिल्लो भागमा पुग्ने बरफका कणहरू त्यहाँको अति चिसो पानीसँग ठोक्किन्छन् । त्यो पनि यसै बरफमा जम्छ र अर्काे लेयर थपिन्छ ।

    निरन्तर यो प्रक्रिया चल्दा बरफको कण ठूलो बरफको डल्लोमा परिणत हुन्छ र असिनाको रूप लिन्छ । यो बरफको डल्लो अपड्राफ्टका कारण माथितिर धकेलिन निकै गरुंगो हुन्छ र असिनाका रूपमा पृथ्वीमा खस्छ ।

    असिना प्याजजस्तो तहतह वा पत्रपत्र मिलेर बनेको हुन्छ । ठूलो असिना बलियो अपड्राफ्टका कारण बनेको हुन्छ ।

    मौसमविद् प्रधानांगले भने, “कम्युलोनिम्बस बादलभित्र अपड्राफ्टले पानीको थोपा जोडिन्छ र यो जमेर ठूलो रूप लिँदै असिना बन्छ ।”

    असिनाले गर्ने क्षति

    ०.२ देखि ६ इन्चसम्मको आकार र आधा किलोसम्म तौलको हुने असिनाले विभिन्न किसिमको क्षति पुर्‍याउने गर्छ । नेपालमा असिनाले खास गरी बालीनालीमा हरेक वर्षजसो क्षति पु¥याउने गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का विज्ञको भनाइ छ ।

    नार्कका वैज्ञानिक एवं बालीविज्ञ सुशीलराम सुवेदी अहिलेको समयमा असिनाले गहुँमा क्षति पुर्‍याउने बताउँछन् । “अहिले गहुँ पाकिरहेको बेला छ । पाक्न थालेको छ, ग्रेन लाग्न थालेको छ । यो अवस्थामा असिनापानी पर्दा ग्रेन तल झर्ने अवस्था हुन्छ । ठूलो क्षतिचाहिँ त्यो हुन्छ,” नार्कका वैज्ञानिक सुवेदीले वीरगंज संजालसित भने, “पाकिसकेको छ भने पनि ग्रेन झर्छ । यसरी क्षति पुर्‍याउँछ ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर
  • ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    News

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑