श्रीसियावासीले जग्गा फुकुवा गर्न अदालतमा मुद्दा हाल्दै
वीरगंज संजाल
२३ मंसिर २०७६, सोमबार ०९:२०
५६६३
वीरगंज | वीरगंज–२५ श्रीसियावासीले ड्राइपोर्ट र आइसिपी विस्तार गर्न चर्चिएको ६२ बिघा जग्गा फुकुवा गर्न अदालतको ढोका ढकढकाउने भएका छन् ।सरकारले जग्गा अधिग्रहण गर्न तीन वर्षदेखि रोक्का राखेको र अधिग्रहणको प्रक्रिया पूरा गर्ने सिलसिलामा न्यून मुआवजा तोकेकोले जग्गा अधिग्रहण प्रक्रियामा आपूmहरू सहभागी नहुने भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको जग्गा अधिग्रहणविरुद्धको सङ्घर्ष समितिका अध्यक्ष अम्बिकाप्रसाद कुर्मीले बताए ।
यस विषयमा सम्पूर्ण गाउँले आइतवार बिहान नेराप्रावि श्रीसिया आदर्शचोकमा भेला बसी रु ३ लाखसम्म चन्दा पनि सङ्कलन भइसकेको अध्यक्ष कुर्मीले बताए ।त्यसैगरी, गाउँलेहरूले सोमवार बिहान जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय भएको बताउँदै चार दिनदेखिको चक्काजाम र धर्ना कार्यक्रम पनि जारी राख्ने बताएका छन् । पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको मूल्याङ्कन तथा मुआवजा समितिले अधिग्रहण गर्न लागेको जग्गालाई १३ वर्गमा विभाजित गरी न्यूनतम प्रतिकट्ठा रु २४ लाखदेखि ६७ लाखसम्म निर्धारण गरेपछि गाउँलेहरू आक्रोशित हुँदै आन्दोलनमा उत्रिएका हुन् ।
गाउँलेहरूले कट्ठाको रु २ करोडदेखि ३ करोडसम्म मुआवजा पाउनुपर्ने माग राखेका छन् । अथवा सो क्ष्Fेत्रफल बराबरको जग्गामा गाउँ स्थानान्तरणको व्यवस्था मिलाउनुपर्ने माग छ ।गाउँलेहरूले आइतवार ड्राइपोर्ट गेटअगाडि बिहान ११ देखि दिउँसो ३ बजेसम्म धर्ना दिएका थिए भने गत बिहीवारदेखि शनिवारसम्म दिनको दुई घण्टा धर्ना दिएका थिए ।