सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १ को तारेभीर नजिकै टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।ल्याण्डफिल साइट जाने सडक निर्माणको क्रममा ढुंगा बोकेर जाँदै गरेको टिपर पल्टिँदा वीरेन्द्रनगर नगरपालिका -२ निवासी चालक ३२ वर्षीय उमेश विकको मृत्यु भएको हो ।
भे १ ख २२०५ नम्बरको टिपर आइतबार दिउँसो सडक किनारामै पल्टिएको हो । ढुंगा झार्ने क्रममा टिपर अनियन्त्रित भइ पल्टिँदा चालक च्पापिएको प्रहरीको भनाइ छ ।
उनको शव निकाल्न क्रेन घटनास्थलमा लगिए पनि टिपर उठाउन नसकिएको प्रहरीले जनाएको छ । घटनास्थलमा थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले बताए ।