• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    नखानुस् काँचाे मासु, मस्तिष्कमा टेपवर्म पुग्छन्

  • वीरगंज संजाल
  • १९ मंसिर २०७६, बिहीबार ०५:५०
  • ३३९१

    एजेन्सी | आठ वर्षीया बालिकाले आफ्ना बा–आमालाई दैनिक टाउको दुखेको गुनासो गरिरहिन् । यो सिलसिला करिब ६ महिनासम्म चलिरह्यो । तर, बा–आमालाई आखिर किन यसरी छोरीको टाउको दुख्यो भनेर पत्ता लगाउन गाह्रो भयो । खासमा बालिकाको दिमागमा सयभन्दा बढी टेपवर्मका किरा थिए । जो दिमाखमा ससाना रगत जमेका टुक्रा जस्ता थिए ।याे भारतकाे घटना हाे । ती बालिकाकाे फोर्टिस अस्पतालमा न्युरोलोजी डिपार्टमेण्टका डाइरेक्टर डा. प्रवीण गुप्ताको हेरचाहमा उपचार गरे ।

    ‘हामीसँग आउनुपूर्व उनले उपचार सुरु गरेकी थिइन् । उनलाई कडा टाउको दुख्ने बिमार थियो । साथै दिमाग सुन्निएको पनि उपचार चलिरहेको थियो’ गुप्ता भन्छन् । बालिकाको दिमाग सुन्निएको कम गर्नका लागि उनलाई स्टेरोइड्स दिन थालियो । जसको असर ८ बर्षिया बालिकाको तौल ४० बाट बढेर ६० किलो पुग्यो । तौलसँगै अब समस्या पनि बढ्यो । हिँडडुल गर्न र श्वास लिन असहज हुन थाल्यो । उनी पूर्णतया स्टेरोइड्समा निर्भर थिइन्,’ डा‌ गुप्ता भन्छन्, ‘बालिकालाई अस्पताल ल्याइपुर्याउँदा उनको होस थिएन । सिटी स्क्यान गर्दा दिमागमा सेता दाग जस्ता देखिए । तर, यी दाग नभएर टेपवर्म र टेपवर्मका अन्डा थिए । एक वा दुई होइन, सयभन्दा बढी ।’

    बालिका गुप्तालाई जँचाउन पुग्दा उनको प्रेशर अधिक थियो । प्रेशर दिमागमा यसरी परेको थियो कि, दिमागले काम गर्नै बन्द गरिदिएको थियो । अण्डालाई नष्ट गर्ने औषधि चलाएको डा. गुप्ता बताउँछन् ।

    दिमागसम्म कसरी प्रवेश पाए त अण्डाले ?

    ‘कुनैपनि चीज काँचै रह्यो र त्यसलाई खाइयो भने वा सफाई नराख्नाले टेपवर्म पेटमा पुग्छन् । त्यसपछि रगतको सञ्चारसँगै शरीरका विभिन्न भागमा फैलन्छन्’ गुप्ता बताउँछन् । डा. गुप्ताका अनुसार भारतमा मिर्गी एक ठूलो समस्या हो । त्यसको प्रमुख कारण भने टेपवर्म नै हो । त्यसो त भारतमा टेपवर्म संक्रमण सामान्य हो । करिब १२ लाख मान्छेहरु न्युरोसिस्टिसेरसोसिसबाट पीडित छन् ।

    त्यसोभए के हो त टेपवर्म ?

    टेपवर्म एक प्रकारको प्यारासाइट (परजीवी) हो । यो आफ्नो पोषणको लागि अरुमा निर्भर हुने जीव हो । यसै कारण यो शरीरभित्र पाइन्छ । ताकि, उसले खाना भेटोस् । प्यारासाइटका झण्डै ५ हजार प्रजाती पाइन्छन् । जुन, एक मिमीदेखि लिएर १५ मिटरसम्म लामा हुन सक्छन् । यस्तै कतिपय अवस्थामा यसको एकमात्र आश्रय पनि हुन सक्छ । यस परजीवीको शरीर भने खण्ड–खण्डमा बाँडिएको हुन्छ । यसको शरीर अंकुसेको आकारमा हुन्छ । जसबाट यो आफ्नो आश्रयदाताको अंगसँग टाँसिन्छ । शरीरमा रहेको क्युटिकिलको सहयोगद्वारा यसले आफ्नो खाना खान्छ । तर, खाना चाहिँ पचेको नै खान्छ । किनकि, यससँग पाचनतन्त्र हुँदैन ।

    कसरी फैलिन्छ त ?

    टेपवर्मको चौडा र रिबनको जस्तो संरचना हुन्छ । यदि टेपवर्मको अण्डा शरीरमा प्रवेश गर्छ भने यसले भित्रभित्रै आँतमा आफ्नो घर बनाउ भ्याउँछ । यद्यपि, सँधैभर आँतमै रहन्छ भन्ने पनि हुँदैन । रगतसँगै शरीरको अर्को भागमा पनि यो पुग्न सक्छ ।

    किड्नीमा पुगेर सिस्ट बनाउँछन् यिनले । जसले गर्दा फोका उठ्छन् । यी आँखा र दिमागमा आउँछन् । एसियाको तुलनामा युरोपीयन देशमा यसको खतरा कम रहेको एनएचएस बताउँछ । तर, शरीरमा टेपवर्म छन् भन्दैमा लक्षण देखिन्छ भन्ने चाहिँ छैन । जब शरीरको संवेदनशील अंगमा यी पुग्छन्, खतरा निम्तिन सक्छ । यसको उपचार पनि एकदम सरल छ । तर, यसलाई नजरअन्दाज गर्न भने हुँदैन ।

    टेपवर्म हुने कारण

    आधा पाकेको (काँचो) पोर्क, बिफ वा माछा खाँदा टेपवर्म हुनसक्छ । किनकि, यी जीवमा टेपवर्मका लार्भा पाइन्छन् । दूषित पानीले पनि यो हुनसक्छ । यस्तै बन्दा, पालकलाई यदि राम्ररी पकाएर नखाने हो भनेपनि टेपवर्म शरीरमा पुग्न सक्छ । यसैकारण फोहोर पानी वा माटोमा उब्जाउ हुने सागसब्जी खाँदा धोएर र राम्रोसँग पकाएर खाने सल्लाह दिइन्छ ।

    टेपवर्म संक्रमणको लक्षण

    सामान्यतया यसको कुनै सटिक लक्षण देखिँदैन । तर, टेपवर्म शरीरमा छ भने शाैच गर्दा थाहा हुन्छ । यसबाहेक पेट दुखाइ, पखाला, कमजोरी, उल्टी, अनियमित भोक आदि यसका प्रमुख कारण हुन् । यस्तै, शरीरमा टेपवर्म वा अण्डाको संख्या धेरै छ भने चक्कर आउने, छाला पहेँलो हुने, खोकी, दृष्टिमा समस्या पनि हुनसक्छ ।

    कसरी बच्ने ?

    यदि टेपवर्म एकपटक शरीरमा प्रवेश गर्यो भने औषधिको सहयोगले ठीक हुनसक्छ । तर, केही सावधानी अपनाउने हो भने यसको संक्रमणबाट बच्न सकिन्छ ।
    –मासु खाँदा काँचै नखाने ।
    –फल वा सागसब्जी खानुपहिले राम्ररी धुने ।
    –खाना खानुपूर्व धान धुने । शौचपछि हात र नङ राम्ररी धुने ।
    –सँधै सफा पानी पिउने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा
  • पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑