• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालले ६ महिनामै बेच्यो अमेरिकालाई १ अर्ब १४ करोड रुपैयाँकाे छुर्पी

  • वीरगंज संजाल
  • १० फाल्गुन २०७९, बुधबार १३:०८
  • १८८१

    काठमाडौं | गत साउनदेखि पुस मशान्तसम्म नेपालबाट ५ लाख ७८ हजार ८४१ किलो छुर्पी अमेरिकामा निर्यात भएको छ । यसको मूल्य एक अर्ब १४ करोड रुपैयाँ रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । नेपालको छुर्पीको बजार यतिमा मात्रै सीमित छैन । मन्त्रालयका अनुसार साउनदेखि पुससम्म नेपालले एक अर्ब ३४ करोड ७१ लाख ७७ हजार रुपैयाँको छुर्पी निर्यात गरेको छ । नेपाली व्यवसायीले क्यानडा, जापान, बेलायत, हङकङ, सिंगापुर, कोरिया, ब्राजिलसहित २४ देशमा छुर्पी बिक्री गरेका छन् ।

    तरकारीदेखि खाद्यान्नसम्म आयात गरेर खाने नेपालले ५ वर्षअघिसम्म ८५ करोड हाराहारीको छुर्पी बेच्थ्यो । अहिले ६ महिनामै डेढ अर्ब भन्दा बढीको छुर्पी बिक्री गर्न सक्नु राम्रो भएको ब्यवसायीहरु बताउँछन् । एउटै मुलुकमा ६ महिनामै एक अर्ब हाराहारीको छुर्पी निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ । आर्थिक वर्ष २०७४/७५ मा नेपालले १६ वटा मुलुकमा ८५ करोड ७९ लाख ३२ हजार रुपैयाँको छुर्पी निर्यात गरेको थियो । त्यतिबेला अमेरिकामा ७७ करोड ७१ लाख रुपैयाँको छुर्पी निर्यात भएको थियो । त्यसपछिको हरेक वर्ष बढ्दो क्रममा रहेको छुर्पीको निर्यात गत वर्ष २ अर्ब ९१ करोड १९ लाख रुपैयाँको पुग्यो ।

    आर्थिक वर्ष ०७५/७६ मा नेपालबाट एक अर्ब ५ करोड २८ लाखको छुर्पी निर्यात भएको थियो । ०७६/७७ मा एक अर्ब २८ करोडको र २०७७/७८ मा एक अर्ब ९६ करोड ५० लाख ४५ हजार रुपैयाँको छुर्पी निर्यात भएको थियो । त्यस्तै २०७८/७९ मा हालसम्मकै उच्च २ अर्ब ९१ करोड १९ लाख रुपैयाँको छुर्पी नेपालबाट निर्यात भएको थियो । साउनयताको ६ महिनामा एक अर्ब ३४ करोड ७१ लाख ७७ हजारको छुर्पी निर्यात हुँदा यो वर्ष हालसम्मकै धेरै मूल्यको छुर्पी निर्यात हुने अनुमान गरिएको छ ।

    अमेरिकापछि नेपाली छुर्पीको दोस्रो ठूलो बजार क्यानडा हो । चालु आर्थिक वर्षमा क्यानडामा १३ करोड ८३ लाख रुपैयाँको ६९ हजार किलो छुर्पी निर्यात भएको छ । छुर्पीको तेस्रो ठूलो बजार बेलायत हो । मन्त्रालयका अनुसार अहिले नेपालले ताइवान, फ्रान्स, स्लोभाकिया, ब्राजिल, फिनल्याण्ड, बेलारुसदेखि ताइवान, थाइल्याण्ड, फिलिपिन्स लगायतका मुलुकहरुमा छुर्पी निर्यात भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑