• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नेपालको इतिहाससित कसिलो सम्बन्ध भएको समनपुर मेला

  • वीरगंज संजाल
  • Feb 22, 2023, 12:58 pm
  • १९४९

    वीरगंज | नेपालको इतिहासमा अनेक युद्धहरु भएका छन् । नेपाल अंग्रेज युद्धलाई त अस्तित्वको लडाईँ पनि भनिन्छ । हुन त नेपाल अंग्रेज युद्धमा समग्रमा नेपालको हार भएको थियो । नेपालको हार भए पनि नेपालको अस्तित्वको भने हार हुन नसकेको यथार्थले गर्दा नै विश्वमा नेपाल कहिल्यै पराधिन हुन नपरेको देशको रुपमा शिर ठाडो पारेरे सगरमाथा लिएर उभिरहेको छ । नेपाल र नेपालीलाई कहिल्यै पराधिन हुन नपरेको र सगरमाथा नेपालमा भएकामा सर्वाधिक गर्वानुभूति अत्यन्त स्वाभाविक छ । नेपालको अस्तित्व विश्वमा देशको रुपमा भूगोलको स्वीकारोक्ति भएदेखि नै भएको मानिएको छ । अर्थात् नेपाल विश्वका पुराना देशहरुमध्ये एक हो । नेपाललाई भारत र चिनको बिचमा रहेको दुई ढुंगाको बिचको तरुल पनि भन्ने गरिएको पाइन्छ । यो देश सामरिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको छ । यस देशलाई विश्वको शिर भनेर भनिन्छ । यो हिमालयको देश पनि हो । यो पहाडी सुन्दरताको देश हो । यहाँ दुर्लभ जटिबुटी पाइन्छ र यहाँका जंगलमा अनेक दुर्लभ जनावर तथा जीवजन्तु र चराचुरंगी रहेका छन् ।

    यसै गरी यस देशको तराई आफैँमा अनुपम छ । क्षेत्रफलको हिसाबले सानो नै भए पनि यस देशको भौगोलिक बनावट तथा हावापानीले गर्दा विश्वमा यसलाई अनुपम बनाएको हो । यस देशमा अनेक जातजाति, अनेक भाषाभाषी रहेका छन् भने यहाँको संस्कृतिमा पनि विविधता रहेको छ । धरातलको विविधताले जीवनको अनेक क्षेत्रमा प्रभाव पारेको छ । अनेक किसिमको संस्कृतिको निर्माण गरेको छ । यही सांस्कृतिक विविधताले गर्दा यस देशलाई रंगीचंगी देश पनि भन्ने गरिएको छ । नेपालमा मनाइने अनेक संस्कृतिमध्ये एउटा होली संस्कृति पनि हो । होली वास्तवमा न धेरै गमी र न त धेरै जाडो नै भएको समयमा हुने गर्दछ । होलीलाई जाडो विदा गर्ने र गर्मीलाई स्वागत गर्ने पर्वको रुपमा पनि लिइन्छ । होलीलाई कतिपयले वसन्तोत्सवको रुपमा पनि स्वीकार गरेका छन् । होलीको संस्कृतिले आफ्नै किसिमको पहिचान बोकेको छ । यसलाई रंग र अबिरको पर्व र गाउँघरमा खुल्ला संस्कृतिको पर्वको रुपमा पनि स्वीकार गरिएको छ । होलीको सम्बन्ध अर्थ र व्यापारसित पनि निकै रहेको छ । यसकारण आर्थिक कारणले पनि होलीको विस्तार हुँदै गएको छ । होलीको स्वरुपमा समयानुकुल परिवर्तन हुँदै गएको यथार्थ हो तर साथसाथै यस संस्कृतिको विस्तार पनि हुँदै गएको छ । होलीको विस्तारले यसको जीवन्तता धेरै लामो समयसम्म रहिरहने कुरालाई संकेत गरेको छ । जुन संस्कृतिको सम्बन्ध आर्थिक हुन सक्दैन, उक्त संस्कृति लोप भएर जान्छ भन्ने भनाइलाई मान्ने हो भने होली संस्कृतिको अर्थतन्त्रसित बलियो सम्बन्ध रहेको छ, यसकारण यो संस्कृति निकै पछिसम्म रहिरहने कुरालाई पनि मान्न सकिन्छ । होलीको समयमा नै रौतहटको समनपुरमा मेला लाग्ने गर्दछ ।

    यो मेलाको सम्बन्ध नेपालको इतिहाससित रहेको छ । यो मेला करिब दुई सय आठ वर्षदेखि लाग्दै आएको बताइन्छ । नेपाल अंग्रेज युद्धको समयदेखि नै मेला लाग्ने गरेको बताइन्छ । यस मेलाको सम्बन्ध नेपाल अंग्रेज युद्धसित पनि रहेको बताइएको बाट यस मेलाले एउटा इतिहास कायम गरिसकेको छ । समनपुर मेलाले एउटा इतिहास नै बनाइसकेको छ । लगातार दुई सय आठ वर्षसम्म मेला लाग्नु आफैँमा इतिहास हो । आफैँमा मेलाको इतिहासमा एउटा ठूलो उपलब्धि हो । यो मेला किन लाग्न पुगेको हो वा कसरी लाग्न पुगेको हो भन्ने विषयमा किंवदन्तीमूलक इतिहास नै यस क्षेत्रमा प्रचलनमा रहेको छ । मेलाको समयमा निकै चर्चा पनि हुने गरेको छ । मेलाको इतिहासको साथै नेपाल अंग्रेज युद्धको सम्झना पनि हुने गरेको छ । अनि नेपालको इतिहासमा समनपुर युद्धको महत्वको विषयमा पनि चर्चा हुने गरेको छ । के भनिन्छ भने नेपाल अंग्रेज युद्धको क्रममा वर्तमान रौतहटको बडहर्वा भन्ने ठाउँमा नेपाल र अंग्रेजबिच भयंकर युद्ध भएको थियो । त्यस युद्धमा नेपाल पक्ष पराजित भएपछि अंग्रेजी फौज उत्साहित भई बारातिर बढेको थियो । त्यसपछि अर्को टोली आयो र समनपुरमा बास बस्यो । समनपुरमा बास बसेको केही दिन मात्र भएको थियो । एक रात स्थानीयवासीले अंग्रेजी फौजमाथि ठूलो आक्रमण ग¥यो । आक्रमण कसरी गर्न पुगे त स्थानीयवासी ? के बताइन्छ भने अंग्रेजी फौज आएर समनपुरमा बसेपछि स्थानीयवासीलाई सह्य भएन । सह्य नभएपछि अंग्रेजी फौजलाई समनपुरबाट भगाउने उपायको खोजीमा लागे । अंग्रेजी नयाँ वर्ष आउनै लागेको थियो ।

    सन् १८१४ डिसेम्बरको मध्यरातमा अंग्रेजी फौज नयाँ सालको स्वागत गरिरहेका थिए । अंग्रेजी फौज रमाइलो गरिरहेको अवस्थामा स्थानीयवासीले गरेको तयारीको कुनै सुइँकोसम्म पाउन सकेका थिएनन् । सुइँकोसम्म नपाएको कुरो के थियो भने स्थानीयवासी अंग्रेजी फौजमाथि आक्रमण गर्ने तयारी गरेका थिए । आक्रमण गर्न बागमतीको बगरमा त्यत्तिकै जहाँतहीँ पाइने पाडा अर्थात् राँगाहरुलाई जम्मा पारे । पाडाहरुको सिङमा फाटेको र पुराना चेथरा कपडाहरु बेरे । घिउ र तेल हाले । अनि मसाल जस्तो लुकाडी बनाए । सबै तयार भएपछि रातिको समयमा करिब बार बजेतिर सम्पूर्ण फौज निश्चिततापूर्वक नयाँ वर्ष मनाइरहेको समयमा आक्रमण गरे । राँगोको सिङमा आगो लगाए । अनि मसाल बाले । कठिन जाडोको समय थियो । पुसको महिना जाडो हुने भइ नै हाल्यो । राँगालाई पछाडिबाट मसालले झोस्दै र मसालले नै पिठ्युँमा हान्दै गरेपछि पाडाहरु भाग्न थाले । पाडाहरुलाई अंग्रेजी फौजतिर नै लखेटे । अंग्रेजी फौजले कुनै सम्हाल्ने मौका नै पाएनन् । आफूलाई नसम्हाल्दै तथा नसम्हालिँदै पाडा र मानिसको आक्रमण भइहाल्यो । स्थानीयवासी पनि घरायसी हातहतियारसहित आएका थिए । अंग्रेजी फौज बिल्कुलै तयार थिएनन् । एक्कासि मध्यरातमा नौलो किसिमको अकल्पनीय आक्रमण भएपछि अंग्रेजी फौजको भागाभाग भयो । कतिपय जवान मारिए पनि । नेपालीतर्फ खासै क्षति हुन पाएन । स्थानीयवासीले लखेट्दै अंग्रेजी फौजलाई भारतको घोडासहनसम्म पु¥याए । यसै गरी करिब बागमतीको किनारै किनार भएर भागको फौजको समूहलाई लखेट्दै वर्तमान वैशालीको सदरमुकाम रहेको हाजीपुर सहरको नारायणी नदी किनारमा रहेको कौनहारा घाटसम्म पु¥याए ।

    त्यहाँ आजसम्म पनि नेपाली छाउनी रहेको छ । त्यस आक्रमणमा नेपालीले अंग्रेजका थुप्रै हतियार खोसे । तोप पनि खोसे । त्यस युद्धमा प्रयोग गरिएका केही हातहतियार त्यहाँको पोखरीमा फालिए । अझै पनि केही बरामद भएका छन् । गढीमाई नगरपालिकाले केही हातहतियार आफूसित सुरक्षित राखेको छ । नेपाल अंग्रेज युद्धमा नेपाल पराजित भएको अवश्य हो तर समनपुरजस्तै देशको विभिन्न ठाउँमा नेपालीले पनि जित हात पारेका छन् । हो, नेपालले अंग्रेजको तुलनामा निकै कम ठाउँमा जित हात पारेको थियो तर नेपालले हारेको ठाउँमा पनि नेपालले सहज हार मानेको थिएन । भनिन्छ हार्नु र हार मान्नु फरक कुरा हुन् । हार्नु प्राविधिक कुरो तर हार मान्नु भनेको पराजय मान्नु हो । नेपालको प्राविधिक हार भएको थियो तर नेपालीले हार मानेको अवस्था थिएन । यसै भएर पनि होला, अंग्रेजले नेपालसित युद्ध जितेर पनि नेपाललाई जित्न सकिँदैन भनेर हार मानेको हो । नेपालको जितेको केही भूभाग फिर्ता पनि गरेको हो । नेपालको प्राविधिक हारको सम्मान पनि गरेको हो । नेपाल सदैव स्वतन्त्र रहेको कुरालाई स्वीकार गरेको हो । नेपालको इतिहासमा समनपुर युद्धको चर्चा पहिले हुने गरेको पाइँदैनथ्यो तर पछिल्लो चरणमा लेखिएका इतिहासहरुमा समनपुरको युद्धको चर्च हुन थालेको छ । इतिहास शिरोमणि बाबुराम आचार्यले पनि रौतहटको समनपुरमा अंग्रेजसित भएको लडाइँको बारेमा आफ्नो एक पुस्तकमा चर्चा गरेका छन् । यसबाट यो सिद्ध हुन आउँछ कि नेपालको इतिहासमा समनपुरको पनि महत्व रहेको छ । नेपालको इतिहाससित समनपुरको पनि कसिलो सम्बन्ध रहेको स्पष्ट हुन आउँछ । हालै नेपाली सेनाले समनपुरमा एउटा युद्ध स्तम्भको निर्माण गरेको छ ।

    यस युद्ध स्तम्भले पनि स्थानीयवासीको योगदानको स्मरण गरेको छ । नेपालको इतिहासमा यस्ता निकै कम उदाहरण पाइन्छन् जहाँ समनपुरको जस्तो युद्ध भएको होओस् । स्थानीय गढीमाई नगरपालिकाले हरेक वर्ष होलीको समयमा समनपुरमा मेला लगाउने गरेको छ । यो मेला सोही युद्धको समयदेखि लाग्न सुरु भएको स्थानीयको विश्वास छ । युद्ध भएको खबर विस्तारै सबैतिर फैलिएको र विस्तारै धेरै गाउँका मानिसहरु समनपुर आउने गरेको थियो । यो क्रम पुसदेखि फागुनको पुर्नेमासम्म चलिरह्यो । फागुनको पुर्नेमासम्म धेरै गाउँका मानिसहरु आइरहँदा सामानको बिक्री पनि बढ्ने भयो । पहिलेदेखि नै हप्ताको दुई दिन हाटबजार लाग्ने गरेको थियो । अब मेला नै लाग्न थाल्यो । अर्को वर्षदेखि करिब एक महिना मेला लाग्न सुरु भयो । निकै लामो समयसम्म समनपुरमा एक महिना होलीको मेला लाग्दथ्यो । सडक संजालको विकास हुनुभन्दा पहिलेसम्म समनपुरमा दुई हप्तासम्म मेला लाग्ने गरेको देख्नेहरु अझै पनि छन् । अहिले पनि एक हप्ताभन्दा लामो समयसम्म समनपुर मेला लाग्ने गर्दछ । समनपुर मेला आफैँले एउटा इतिहास बोकेको र यस मेलाले इतिहासको स्मृति गराउने गरेको देखिन्छ । वास्तवमा स्थानीयवासीले नेपाल अंग्रेज युद्धमा दिएको योगदानको कारण समनपुर मेलासित नेपालको इतिहासको बलियो र कसिलो सम्बन्ध रहेको स्पष्ट हुन्छ । यस ऐतिहासिक मेलाको संरक्षणका साथै यहाँको इतिहासबारे पनि सम्बद्र्धनात्मक कार्यक्रम चलाउनु आवश्यक रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग
  • बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
  • कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत
  • ओझेलमा परेको भाले बास्ने ताल
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

    हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

    ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    News

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    News

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    News

    ओझेलमा परेको भाले बास्ने ताल

    News

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑