• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १४ वर्षदेखि भएको छैन जसपाको महाधिवेशन, यसपटक होला त ?

  • वीरगंज संजाल
  • ८ फाल्गुन २०७९, सोमबार २३:१९
  • १९६९

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)मा महाधिवेशनको चर्चा पुनः सुरु भएको छ । मधेशी जनअधिकार फोरम नेपाल पार्टीको रुपमा आएपछि २०६५ मा पहिलो महाधिवेशन भएको थियो । त्यस यता सो पार्टी विभाजन र एकताको विभिन्न चरणबाट गुज्रिँदै आएको छ । मधेशी जनअधिकार फोरमबाट संघीय समाजवादी फोरम नेपाल, समाजवादी पार्टी हुँदै जसपा नेपाल बन्यो तर हालसम्म महाधिवेशन हुन सकेको छैन ।

    मधेशी जनअधिकार फोरम गठन भएको १४ वर्ष भइसक्यो । यस बीचमा विभिन्न पार्टीसँग एकता गरी पार्टीको नाम परिवर्तन भए पनि महाधिवेशन भने हुन सकेको छैन । विभिन्न दलसँग एकीकरण गरेको नाममा सो पार्टीले महाधिवेशन सार्दै आइरहेको थियो ।

    अहिले जारी जसपाको कार्यकारिणी समिति बैठकमा महाधिवेशनको बारेमा छलफल सुरु भएको छ । यसपटक जसरी पनि पार्टीको महाधिवेशन गराउन नेताहरुले जोड दिएका छन् ।

    चैत २७, २८ र २९ गते पार्टीको विधान अधिवेशन सम्पन्न गरेपछि महाधिवेशन गराउनुपर्छ भन्ने विषयमा छलफल सुरु भएको छ । कार्यकारिणी सदस्य राजकिशोर यादवले जेठसम्म महाधिवेशन सम्पन्न गर्ने गरी छलफल भइरहेको बताए । ‘विधान अधिवेशनको मिति तय भइसकेको छ, त्यो अधिवेशन सम्पन्न भएपछि महाधिवेशनको मिति तय हुन्छ,’ उनले भने ।

    मधेशी जनअधिकार फोरम नेपालको २०६५ माघ ४ गते वीरगञ्जमा पहिलो महाधिवेशन भएको थियो । पहिलो महाधिवेशन सम्पन्न भएको १४ वर्ष भइसक्यो । समय समयमा कार्यसमिति परिवर्तन भए पनि महाधिवेशन हुन सकेको छैन । जसपा नेपालको अन्तरिम विधानमा ‘महाधिवेशन प्रत्येक ५ वर्षमा हुनेछ तर विशेष कारणवश तोकिएको समयमा हुन नसकेमा अधिकतम ६ महिनासम्म थप गर्न सकिनेछ’ भनि उल्लेख छ ।

    विधानको यो प्रावधान मधेशी जनअधिकार फोरम, संघीय समाजवादी फोरम नेपाल, समाजवादी पार्टीसम्म पनि उल्लेख हुँदै आएको छ । कुनैमा पाँच वर्ष कुनैमा तीन वर्षभित्र महाधिवेशन गर्ने उल्लेख भए पनि हालसम्म महाधिवेशन भएको छैन ।

    पार्टीहरुसँग एकीकरण गर्दै नयाँ पार्टी र विधान बनाउँदै गएपछि कहिल्यै पनि महाधिवेशनको आवश्यकता परेन । पार्टी एकीकरणपछि एकता महाधिवेशन गर्ने भनि निर्णय पनि हुन्थ्यो । अर्को महाधिवेशन गर्ने बेलासम्म फेरि कुनै दलसँग एकीकरण हुँदा विधान नै हेरफेर हुने भएपछि महाधिवेशन गराउने आवश्यकता नै पर्दैनथ्यो । फेरि अर्को महाधिवेशनको मिति तय हुन्थ्यो । त्यो क्रम जसपा नेपाल गठन हुँदासम्म चल्यो ।

    अहिले फेरि नेकपा एकीकृत समाजवादी पार्टीलगायत विभिन्न दलसँग एकताका लागि पहल भइरहेको छ । एकता भयो भने पुनः महाधिवेशन तोकिएको समयमा नहुने निश्चितजस्तै छ ।

    मधेशी जनअधिकार फोरमको स्थापनाकालदेखि जसपासम्म पार्टीमा रहेका रामसहाय यादव भन्छन्, ‘विभिन्न समयमा भएको पार्टी एकताका कारण महाधिवेशन हुन सकेको छैन ।’

    आफूहरुले पटक पटक महाधिवेशनको मिति तय गरेको, तयारी पनि पूरा गरेको तर त्यस बीचमा कुनै न कुनै पार्टीसँग एकीकरण हुँदा महाधिवेशन टर्दै आएको उनको भनाइ छ । उनले चाँडै नै आफूहरुले विधान अधिवेशन गरेर जसपाको एकता महाधिवेशन पनि गर्ने दाबी गरे ।

    २०७२ जेठ २२ गते तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपालबीच एकीकरण भइ संघीय समाजवादी फोरम नेपाल बनेको थियो । त्यो एकीकरणपछि पार्टीले २०७५ माघ २८ गतेदेखि ३० गतेसम्म जनकपुरमा एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो तर तोकिएको समयमा महाधिवेशन हुन सकेन । त्यसपछि अर्को मिति २०७६ वैशाखका लागि तय ग-यो तर वैशाखमा पनि महाधिवेशन भएन । वैशाख २३ गते डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकीकरण भयो । नयाँ शक्तिसँग एकीकरण भएपछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राखियो । त्यसपछि समाजवादी पार्टी नेपालको पनि एकता महाधिवेशन गर्ने भनि पार्टीमा चर्चा चलाइयो । महाधिवेशनको चर्चा चलिरहेकै बेला २०७७ वैशाख १० गते तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भयो ।

    दुई पार्टीबीच एकीकरण गरेर जनता समाजवादी पार्टी नेपाल बन्यो । सो पार्टीको अध्यक्षमा उपेन्द्र यादव र महन्थ ठाकुर थिए । सो पार्टी एकीकरणपछि बनेको विधानमा पाँच वर्षमा एकता महाधिवेशन गर्ने उल्लेख थियो । तर महाधिवेशनको चर्चा नहुँदै अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबीच आन्तरिक विवाद सुरु भयो र पार्टी विभाजन भयो ।

    महन्थ ठाकुरले जसपाबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन गरे भने उपेन्द्र यादव जसपा नेपालको अध्यक्ष भएर बसे । अहिले पनि उपेन्द्र यादव अध्यक्ष रहेको जसपाको पुरानै अन्तरिम विधान छ । त्यसलाई संशोधन गर्नका लागि विधान अधिवेशन गर्ने तयारी भइरहेको छ । विधान संशोधनका लागि पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा एक कार्यदल पनि बनेको छ । सो कार्यदलले विधानको मस्यौदा निर्माणको काम गरिरहेको छ । विधान अधिवेशन सकेपछि यसपटक महाधिवेशन गराउने मुडमा नेताहरु देखिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑