काठमाण्डाै – शेयर बजार आज मङ्गलवार १६ अङ्कले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४० अङ्कले घटेर २ हजार १ सय ०५ दशमलव ४६ विन्दुमा झरेकाे छ ।
आज उत्पादनबाहेक अरू सबै समूहकाे शेयर घटेकाेमा बीमा, माइक्राेफाइनान्स, विकास बैंक, हाेटल तथा पर्यटन र जलविद्युत् समूहकाे शेयर उच्च अङ्कले ओराले लागेकाे छ ।
बजार घटेकाे दिन दुई सय ५५ वटा कम्पनीका ४६ लाख ८५ हजार कित्ता शेयर १ अर्ब ७८ कराेड रुपैयाँमा काराेबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडकाे ७ कराेड ७८ लाख र ङादी ग्रुप पावरकाे ७ कराेड ७४ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।
आज बाराही हाइड्राेपावरकाे शेयर सबैभन्दा धेरै ५ प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटे पनि युनिलिभर नेपालकाे शेयर सबैभन्दा धेरै ६ प्रतिशतले बढेकाे छ ।