काठमाडौं, २ फागुन । सरकार र मजदुर संगठनहरुबीच पाँच बुँदे सहमति भएको छ । आज (मंगलबार) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका भएको वार्तामा ५ बुँदे सम्झौता भएको हो । आन्दोलनकारी र मन्त्रालयबीच भएको सम्झौताअनुसार आन्दोलनका क्रममा लुटपाट र आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने सहमति समेत भएको छ ।
यातायात मजदुरले आज काठमाडौं उपत्यकामा गरेको सार्वजनिक सवारी बन्द फिर्ता लिएका छन् । तर, काठमाडौं उपत्यकाको सडकमा अहिले सार्वजनिक यातायात सञ्चालनमा छैनन् । धेरै यात्रुले आज सास्ती बेहोहर्नुपरेको छ ।