चार साना कम्युनिष्ट पार्टीका नेताहरूले भेटघाट गरेका छन्।
नेकपा केन्द्रीय कार्यालय बुद्धनगरमा आज बिहान भएको भेटमा नेपाल कम्युनिष्ट पार्टी विप्लव, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीबीच छलफल भएको हो।
उक्त छलफलमा चार वटै पार्टीबीच एकताका विषयमा बहस गर्ने र संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय भएको छ।
चार नेता सम्मिलित बैठकले देशको वर्तमान राजनीतिक अवस्थाबारे छलफल गरेको जनाएको छ।
बैठकले पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनिक गर्न फागुन १५ गते चार पार्टीको पुनः बैठक बस्ने निर्णय गरेको पनि बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ।