• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  जीवनशैली

    महिनावारीको पीडाले महिलाहरुको ९ दिनको उत्पादन क्षमता घटाउँछ

  • वीरगंज संजाल
  • Dec 1, 2019, 6:26 am
  • २५९५

    एजेन्सी । महिनावारीको समयमा महिलाहरुले सहने पीडाबारे समाजमा पर्याप्त ध्यान दिइएको छैन । यस्तोमा यही सम्बन्धी गरिएको एक नयाँ अनुसन्धानमा महिनावारीको चरम पीडाले स्कुल वा कार्यालयमा महिलाहरुको वार्षिक ९ दिन बराबरको उत्पादन क्षमता कम गराउने गरेको पत्ता लागेको हो ।

    यसका लागि अनुसन्धानकर्ताले १५ –४५ वर्षका ३२ हजार भन्दा बढी महिलाहरुमा अध्ययन गरि महिनावारीका कारण उनीहरुको क्षमतामा कसरी र कति कमी आइरहेको छ भन्ने सम्बन्धमा गहिरो खोज गरेका हुन् । यसमा पीडादायक अवस्थामा काम गरेको र स्कुल गएर पढेको समयको पनि मूल्यांकन गरिएको छ, जसलाई अध्ययन टोलीले ‘प्रेजेन्टिजम’ को नाम दिएका हुन् । अर्थात जागिर खोसिने डरले मात्र उपस्थिति जनाउनु ।

    प्रकाशित यस अनुसन्धानमा सातमध्ये केबल एक, अर्थात १४ प्रतिशतले मात्र कठिन समयमा कार्यालय वा स्कुलबाट बिदा लिने गरेको पाइएको हो । त्यस्तै ३.५ प्रतिशतले भने प्रत्येक महिना उनीहरुलाई असह्य पीडा हुने गरेको बताएका छन् । यसैगरी सहभागी मध्ये ८१ प्रतिशत महिलाले महिनावारीको समयमा खप्नुपर्ने शारीरिक असहजताकै कारण उनीहरु कम उत्पानदशील हुने गरेको बताए । रिपोर्टका प्रमुख लेखक तथा नेदरल्यान्डको रेडबोड मेडिकल सेन्टरका महिला विशेषज्ञ थिओडुर निएबोइर भन्छन्, ‘अधिकांश महिलाले महिनावारीको समयभर आफू अन्य बेलाजस्तो सक्रिय हुन नसक्ने र प्रत्येक घण्टामा शौचालय गइरहनुपर्ने लगायत अन्य असहज परिस्थितिका कारण काममा केन्द्रित रहन गाह्रो हुने बताएका छन् । ’उनका अनुसार विशेषगरी २१ वर्ष मुनिका युवतीले बढी उमेरका महिलाको तुलनामा महिनावारी बिदा लिने सम्भावना तीन गुणा अधिक हुने गरेको छ ।

    बीएमजे ओपन मेडिकल जोर्नलमा प्रकाशित यो यस प्रकारको अहिलेसम्मकै ठूलो स्तरको अनुसन्धान हो । यस क्रममा महिलाहरुले महिनावारी समस्याका कारण बिदा लिने गरेपनि पाँच मध्ये केबल एकले मात्र आफ्नो कार्यालय वा स्कुलमा बिदा माँग्नु पछाडिको वास्तविक कारण खुलाउने गरेको पाइएको हो । सहभागीमध्ये ६८ प्रतिशतले सो समयको भर्पाइका लागि काममा वा स्कुलमा अन्य दिन उपलब्ध भए हुन्थ्यो भन्ने चाहेका थिए ।

    त्यसैगरी २१ औँ शताब्दीको दुई दशक बितिसक्दा पनि अझै केही क्षेत्रमा भने महिनावारी सम्बन्धी कुरा गर्नु असामाजिक मानिएको पनि अध्ययनमा पत्ता लागेको निएबोइर बताउँछन् । उनी भन्छन्, ‘त्यसैले महिनावारी लक्षणका असरबारे समाज खुला रुपमा कुरा गर्ने वातावरण हुनुपर्छ भने कम्पनीहरुले आफ्ना महिला कर्मचारीसँग यसबारे खुलस्त कुरा गर्न जरुरी देखिएको छ ।’

    निएबोइर भन्छन् की यो अनुसन्धानबाट प्राप्त नतिजा महिला विरुद्ध भेदभाव गर्न दुरुपयोग हुन सक्नेप्रति उनलाई ठूलो चिन्ता थियो तर आफूहरुले छुट्टै दृष्टिकोण मार्फत सकारात्मक सन्देश दिन खोजेको उनले बताए । अहिले विश्वका १.८ अर्ब भन्दा बढी महिलामा महिनावारी हुन्छ तरपनि यस विषयका समस्या र महिलाहरुमा यसले पार्ने वास्तविक असरबारे कमै चर्चा भइरहेको छ । उनले भने, “महिनावारीसँग सम्बन्धित लक्षणले ठूलो स्तरमा उत्पादन क्षमता कम गराइरहेको छ र यसका लागि ‘एब्सेन्टिजम’ (अनुपस्थिति) होइन प्रेजेन्टिजम नै जिम्मेवार छ । बिदा बस्नु भन्दा महिलाहरुको उत्पादन क्षमता उपस्थित भएर पनि काम गर्न नसक्नुले घटाइरहेको छ ।”

    यसरी महिनावारी बिदालाई महिलाहरुको पीडादायी समयको सबैभन्दा उचित सम्भावित समाधानका रुपमा लिन सकिन्छ जसबेला उनीहरु कठिनाइ र असहजता कारण घरैमा आराम गरि बस्नुपर्ने हुन्छ । हाल विभिन्न एसियाली मुलुकहरुमा कामगर्ने महिलाहरुका लागि भनेर यस्तो प्रावधान पनि मिलाइएको ड्यानिअल केइसरले संचार माध्यम सिएनएनसँग बताए । उनी विश्वव्यापी महिला स्वास्थ्य संगठनका संस्थापक हुन् । यसरी इन्डोनेशिया, जापान, भियतनाम, दक्षिण कोरिया, ताइवान र चीनमा महिलाहरुलाई प्रत्येक महिना महिनावारी बिदा लिन पाउने कानुनी व्यवस्था रहेको छ । तर पुरुष प्रधान यी मुलुकहरुमा कमै महिलाले मात्र सो बिदालाई आफ्नो अधिकार सम्झिएर अपनाउने गरेका छन् ।

    विश्वका अन्य ठाउँमा भने महिनावारी बिदा सम्बन्धी नीति कम्पनीमा निर्भर रहेको देखिएको छ । जस्तै बेलायतमा अवस्थित ‘को–एक्जिस्ट’ नामक कम्पनीले महिलाहरुलाई बिदा लिने वा घरबाटै काम गर्ने अनुमति दिएको छ अथवा प्रभावित महिलाले अरु नै शिफ्टमा काम गर्न पनि पाउँछन् । यता अष्ट्रेलियामा पनि भिक्टोरियन वुमेन्स ट्रस्ट समुहले आफ्ना कर्मचारीहरुका लागि पीडादायक महिनावारीमा तलब नकाटी बिदा बस्न पाउने सेवा दिलाउँदै आएको छ । सीएनएनबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे
  • रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग
  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
  • गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    कुटपिट गर्ने युवक पक्राउ, भ्रामक हल्लाको पछि नलाग्न पर्सा प्रहरीको अपिल

    धनुषामा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

    विश्वव्यापी पत्रकारिता सहकार्यका लागि अन्तरमहादेशीय पत्रकार सञ्जाल र सार्क पत्रकार मञ्चबीच तीन वर्षे समझदारी

    अभिभावकहरूलाई मधेस सरकारको अपीलः अत्यावश्यक कामबाहेक आफ्ना छोराछोरीलाई घरबाहिर नपठाउनुहोस्

    नेपाल भारत सीमामा सादा पोशाकमा ‘बीआईटी’: तेस्रो देशका नागरिकहरूको सम्भावित घुसपैठ नियन्त्रण पनि उद्देश्य

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    News

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    News

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    News

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑