• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाइनुपर्छ : पर्यटनमन्त्री किराती

  • वीरगंज संजाल
  • १७ माघ २०७९, मंगलवार १६:४२
  • १६०१

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाउनुपर्नेमा जोड दिएका छन्।

    पशुपति क्षेत्र विकास कोषका गतिविधिका बारेमा जानकारी लिन पुगेका मन्त्री किरातीले आज आयोजित कार्यक्रममा बाहिर हुने गरेका नकारात्मक टीकाटिप्पणी अन्त्य गरिनुपर्ने बताए।

    राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कोषका गतिविधि चलायमान हुनुपर्ने उनको भनाइ थियो । “कोषले राज्यसँग लिनेमात्र भन्दा पनि विश्वविद्यालय, अस्पतालजस्ता सेवामूलक सेवा दिनुपर्छ, भगवान्को नामबाट सञ्चालन हुने यहाँका गतिविधि पारदर्शी हुनुपर्छ, पशुपति क्षेत्रमा रात्रिकालीन सफाइ सेवा पनि सञ्चालनमा ल्याएर सुधारको थालनी गरिनुपर्छ”, मन्त्री किरातीले भने।

    पशुपति क्षेत्रमा सञ्चालनमा रहेका फूलप्रसाद पसलमा अनियमितता भइरहेको, बढी मूल्य तोकिने गरेको, घाट सेवामा अनियमितता हुने गरेकोलगायत गुनासा बढेकाले त्यसको समाधान गरिनुपर्ने उनको निर्देशन थियो ।

    राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पशुपति क्षेत्रको गुरुयोजना निर्माणमा ढिलाइ भएको उल्लेख गर्नुहुँदै विश्वमा पशुपतिनाथको पहिचान हुनेगरी गुरुयोजना बनाइनुपर्ने बताए। पशुपति क्षेत्रलाई पूजापाठ गर्नेस्थलका रुपमा मात्र नभइ यहाँको महत्वलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने उनको भनाइ थियो । कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले पशुपति क्षेत्रमा सञ्चालनमा रहेका फूलप्रसाद बिक्री कक्षमा फागुन पहिलो सातादेखि नै मूल्यसूची राख्न सूचना प्रकाशन गरिने जानकारी दिए। पशुपति क्षेत्रमा पाइने सेवा सुविधाका विषयमा नागरिक बडापत्र राखिने जानकारी पनि उनले दिएका थिए ।

    घाट सेवामा आउनेसँग पैसा लिने गरिएको गुनासा आएकामा छानबिन गरेर दोषी पाइएका व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता कोषले जनाएको छ । पशुपति क्षेत्रका बारेमा बाहिर राम्रो सन्देश नगएका विषयमा पनि कोषले अध्ययन गर्ने भएको छ । पशुपति क्षेत्रका गतिविधिलाई पारदर्शी बनाउन आफू कोषाध्यक्ष भएका बेला सबै आर्थिक गतिविधि बैङ्किङ प्रणालीमा लगेको, पशुपतिनाथका नाममा रहेका सम्पत्ति एवं जग्गाको छानबिन गरी प्रतिवेदन सार्वजनिक गरी राम्रा काम गरिएको जानकारी सदस्य सचिव थापाले दिए।

    पशुपतिनाथका नाममा रहेको सम्पत्ति र जग्गाको छानबिन कोषको तहबाट गर्दा स्रोत, साधन र अधिकार सीमिततका कारण सबै सम्भव नभएकाले सरकारले उच्चस्तरीय छानबिन गर्न पनि प्रतिवेदनमा सुझाव दिइएको छ । त्यो सुझाव छिटो कार्यान्वयन गरिनुपर्ने सदस्य सचिव थापाको भनाइ थियो । पशुपति क्षेत्रको गुरुयोजना गत पुस ८ गते कोष सञ्चालक परिषद्बाट पारित गरी मन्त्रिपरिषद्मा लैजान मन्त्रालयमा पेस गर्ने तयारी गरिएको जानकारी पनि कार्यक्रममा गराइएको थियो ।

    विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएर पुनःनिर्माण गरिनुपर्ने पशुपति क्षेत्रका ९० सम्पदामध्ये ६३ वटाको पुनःनिर्माण सम्पन्न भएको छ। हाल ११ वटा सम्पदाको पुनःनिर्माण भइरहेको छ। बाँकी १६ सम्पदाको पुनःनिर्माण हुन बाँकी रहेको जानकारी पनि सो अवसरमा गराइएको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑