• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सडकमा फोहोर फ्याँक्नेलाई कार्वाही, सफाइमा परिवर्तन देखिन थाल्यो

  • वीरगंज संजाल
  • ११ माघ २०७९, बुधबार १३:०८
  • १८९७

    वीरगञ्ज । वीरगञ्ज बजारको सौन्दर्यता फेरिएछ, नाक थुनेर हिडनुपर्ने अवस्थाको अन्त्य भएछ, सरसफाइमा वीरगञ्जले छलाङ मारेछ, चितवन भरतपुरबाट काम विशेषले वीरगञ्ज आएका सचिन सुवेदीले भने, “वीरगञ्ज बजारको सरसफाइ देखेर दंग परे ।”उनी पाँच बर्ष पहिला वीरगञ्ज आउँदा चोक चोकमा फोहोरको थुप्रो देख्ने गरेका थिए, यसपटक सरसफाइमा सुधार भएको देखेपछि वीरगञ्ज बजार भित्रको सरसफाइमा धेरै राम्रो सुधार भएको महशुस गरे । उनले भने “पहिला एउटा चोकबाट अर्कोचोकमा पुग्दा नाक थुनेर दौडिनु पर्ने थियो तर अहिले खुला हावा खाएर हिड्दा आनन्द आउने भएछ ।”सचिन, ५ बर्ष अघि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परिक्षा दिन वीरगञ्ज आएका थिए । त्यतीबेला सडक र चोक तथा गल्लीहरुमा फोहोरको थुप्रो, जनावर मरेको सिनो, जतागयो त्यतै दुर्गन्धले घेरिएको शहर वीरगञ्जले पाँच बर्षमा काँचुली फेरेको देखेर उनी अच्चमित भए । उनले भन्दै थिए, “आखिर प्रयास गरे परिर्वतन हुने रै छ त ।”वीरगञ्ज महानगरपालिकाले सरसफाइको जिम्मा निजी क्षेत्रलाई दिने निर्णयले वीरगञ्जको सरसफाइमा सुधार आएको हो । महानगरपालिकाको कर्मचारीको भरमा परेका भए वीरगञ्जले दुर्गन्धबाट मुक्ती पाउँने थिएन । वीरगञ्ज हानगरपालिकाका तत्कालीन मेयर विजय कुमार सरावगीले सार्वजनिक निजी साझेदारी नीति बनाएर सरसफाइलाई निजी क्षेत्रको जिम्मा लगाएका थिए ।

    पृथ्वीतारा एनके इन्टरनेशनल जेवीले २०७६ साउन १ गते देखि लागु हुनेगरी वीरगञ्जको सडक सरसफाइको ठेक्का पाएको थियो । उक्त कम्पनीले अहिले ३ सिफ्टमा गरेर करिव २ सय ५० जना जनशक्ति परिचालन गरेको छ । जाडो मौसम भएकोले विहान ६ देखि १० बजे सम्म, दिउँसो १ देखि ५ बजे सम्म र राती १० देखि १ बजे सम्म सरसफाइको काम भइरहेको सो कम्पनीका निर्देशक शिव गुप्ताले बताए ।सरसफाइको ठेक्का लिएको कम्पनीले तीन सिफ्टमा सफाईकर्मी सडकमा परिचालन गरेको कारण वीरगञ्ज सुन्दर देखिन थालेको गुप्ताले बताए । घर भित्रको फोहोर तोकिएको समय भन्दा बाहिर सडकमा फ्याक्ने व्यक्तिहरुको प्रवृत्तिमा सुधार नआएसम्म वीरगञ्जलाई पूर्ण रुपमा फोहोर मुक्त शहर बनाउन सकिदैन उनले भने ।वीरगञ्ज महानगरपालिकाले पनि सडकम फोहोर फ्याक्नेलाई दण्डजरीवाना शुरु गरेका छ । एक महिनाको अवधिमा २३ जनालाई कार्वाही गरिएको महानगरका सरसफाइ अधिकृत सरफूर्दीन मियाँले बताए । तोकिएको समय बाहेक अन्य समयमा सडकमा फोहोर फ्याक्नेलाई न्यूनतम ५ सय देखि ५ हजार सम्म जरिवाना गरिएको मियाँले जानकारी दिए ।दण्डजरीवाना र नगरप्रहरीको निगरानीको कारण अहिले सडकमा फोहोर फ्याक्नेहरुको संख्या निकै कम भएको छ, सरसफाई अधिकृत मियाँले भने “सडकमा फोहोर जसले राख्छ उसलाई ठाउँको ठाउँ कार्वाही गर्न मेयरले आदेश दिएका छन ।

    ”वीरगञ्जको घण्टाघर देखि विर्ता सम्मको मेनरोडमा विहान सडकमा भएको फोहोर उठाएर लगेको केही समय पछि पसलवालाले फोहोर सडकमा जहाँ पायो त्यहीँ फ्याक्ने चलन थियो । अहिले त्यसलाई निगरानी बढाइएपछि सडकमा फोहोर देखिन छाडेको हो मियाँले भने ।ट्रि गार्ड रङरोगन : वीरगञ्जको आदर्शनगरमा ट्रि गार्ड रङरोगन तथा रुख काँटछाँट गर्ने कार्य शुरु भएको छ । आदर्शनगरलाई स्वस्थ, हराभरा, सफा सुग्घर बनाउने उद्देश्यले ट्रि गार्ड रङरोगन तथा रुख काँटछाँट गर्न थालिएको हो ।आदर्शनगर क्षेत्रको काम सकिएपछि अन्यत्र पनि अभियान सञ्चालन गर्ने वीरगञ्ज महानगर भित्र स्वच्छ, सुन्दर र हरियाली वातारवरण तयार पार्ने जिम्मेवारी पाएका जय प्रकाश खेतानले बताए । वीरगञ्ज महानगरपालिकाको सहयोगमा घण्टाघरदेखि पावरहाउस चोकसम्म रुखमा रंग लगाउने काम पनि सम्पन्न भएको छ ।अब रुखमा बत्ती लगाएर आकर्षक बनाउने तयारी भईरहेको उहाँको भनाई छ । त्यसपछि लिंक रोडको सडक डिभाईडरमा रहेका रुखमा रंग लगाउने, विद्युत पोलमा झुण्ड्याईएको विज्ञापन बोर्डहरु हटाउने तयारी समितिले गरेको छ । वीरगञ्ज महानगरलाई धुलोमुक्त बनाउन महानगरले दैनिक रुपमा ५ घण्टा ब्रुमिङ समेत गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर
  • ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    News

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑