वीरगंज । मधेश प्रदेशका २ जना स्वतन्त्र प्रदेश सभा सदस्य जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।पर्साको निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य प्रमोद कुमार जयसवाल र महोत्तरीको क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सुरिता साह जसपामा प्रवेश गरेका हुन् ।
दुवै प्रदेशसभा सदस्यलाई आइतबार काठमाडाैंकाे बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले स्वागत गर्दै पार्टी प्रवेश गराएकाे जसपाका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदिप यादवले जानकारी दिए ।
मधेस प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य रहेकामा थप दुई प्रवेश गरेपछि प्रदेशसभामा अब १८ जना भएका छन् । साे अवसरमा संसदीय दलका नेता रामसहाय प्रसाद यादव, पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव लगायतका नेताहरुकाे उपस्थिती रहेकाे थियाे ।
जसपा प्रबेश गरेका प्रदेश सभा सदस्य जयसवाललाई मन्त्री बनाउने सहमती भएकाे छ । सहमती अनुसार चाँडै विस्तार हुने मधेश प्रदेश सरकारकाे मन्त्री परिषदमा जसपाले पार्टीकाे तर्फबाट जयसवालाई पनि सहभागि गराउने छ ।जसपा स्राेतका अनुसार जयसवाल समाजिक विकास मन्त्री बन्ने छन् । जयसवालकाे समाजिक क्षेत्रमा राम्राे अनुभव रहेका कारण उनलाई जसपाले समाजिक विकास मन्त्री बनाउने तयारीकाे साथ पार्टी प्रबेश गराएकाे हाे । पार्टी प्रबेशकाे विषयमा जयसवालसंग फाेनमा सम्पर्क गर्न प्रयास गर्दा उनकाे माेबाइल स्विच अफ भएका कारण सम्पर्क हुन सकेन ।