विरगंज | यदि कुनै पनि घरमा नकारात्मक ऊर्जा छ भने त्यसको असर हामीमा पनि देख्न सकिन्छ । खासमा यसबाट आत्तिनु पर्दैन, यसलाई पहिचान गर्न सकेमा सबै कुरा सामान्य हुँदै जान्छ । जे होस्, घरमा बेचैनीको स्थिति छ र परिवारका सदस्यबीच झगडाको माहोला बन्दै गएको छ भने नकारात्मक ऊर्जालाई हटाउनु चाहिँ पर्छ । त्यसका लागि वास्तुमा केही परिवर्तन गर्न जरुरी छ ।
खासमा घरमा सबैजना एकजुट भएको र घरको माहोल खुसीले भरिएको कसलाई मन नपर्ला र ? तर, कहिलेकांही परिस्थिति यस्तो बन्छ कि सानोसानो कुरामा पनि झगडा परिरहेको हुनसक्छ । तर, यस्तो सानो कुराले जब ठूलो रुप लिन्छ, त्यसले समस्यामा पारिहाल्छ ।
यसबाट बच्न घरमा आफूभन्दा ठूला व्यक्तिहरुको सहयोग र सेवा गर्नुपर्छ । अझ वृद्धवृद्धा घरमा छन् भने उनीहरुलाई विशेष ख्याल गर्नुपर्छ । यसले सकारात्मक ऊर्जा बढ्ने विश्वास लिइन्छ । घरमा भगवान विष्णु, भगवान श्रीकृष्णको चित्र राख्दा पनि धेरै राम्रो हुन्छ । घरको बैठकमा शंख वा सीपबाट बनेको पर्दा लगाउँदा घरमा भइरहेका सानातिना झगडाहरु अन्त्य हुन थाल्छन् ।
घरका सबै कोठामा फिटकरीका ससाना टुक्रा राख्दा पनि विभिन्न समस्याहरुबाट हल पाइन्छ । यसले सकारात्मक ऊर्जा संचार हुन्छ । घरमा रोटी पकाउनेहरुले पहिलो रोटी गाइका लागि र अन्तिम रोटी कुकुरका लागि बनाउँदा पनि निकै धेरै फाइदा पुग्ने विश्वास गरिएको हुन्छ ।