• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा निकुञ्ज तस्करी प्रकरण : मधेश प्रदेश सांसद् जयसवालका सवारी चालक पक्राउ

  • वीरगंज संजाल
  • २० पुष २०७९, बुधबार १८:१८
  • १९४१

    वीरगंज । मधेश प्रदेशका प्रदेशसभा सदस्य (सांसद्) प्रमोद जयसवालका सवारी चालक पक्राउ परेका छन् । गत पुष ४ गते पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी शिकारीको घटनामा संलग्न भएको आरोपमा प्रदेश सांसद् जयसवालका सवारी चालक सलिम मियाँ अन्सारी पक्राउ परेका हुन् । अन्सारीलाई पर्सा राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

    चोरी शिकारी घटनामा संलग्न रहेको आरोप लागेका प्रदेश सांसद् जयसवाललाई मङ्गलबार पर्सा राष्ट्रिय निकुञ्जका अधिकारीहरुले सोधपुछका लागि बोलाएका थिए । बयानका लागि जयसवालसँगै त्यहाँ पुगेका उनका चालक अन्सारीलाई नियन्त्रणमा लिइएको निकुञ्जका वार्डेन अशोक रामले बताए । ‘घटनामा चालक अन्सारीको सोझै संलग्नता देखिन्छ । मङ्गलबार सोधपुछका लागि प्रदेश सांसद् जयसवालसँगै अन्सारी पनि आएकोबेला हामीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएका छौँ,’ निकुञ्जका वार्डेन रामले भने । अनुसन्धानका क्रममा चोरी शिकारीको घटनामा जयसवालसँगै उनका भाई तथा पर्साको सखुवाप्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवालको पनि संलग्नता देखिएको निकुञ्ज स्रोतले जनाएको छ । यद्यपी दुवैजनाले आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएका छन् । निकुञ्जले गरेको सोधपुछका क्रममा पनि उनीहरुले यही बयान दिएको वार्डेन रामले बताए ।

    निकुञ्जका सुरक्षाकर्मीले पुष ५ गते सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकवनियास्थित जयसवालद्वयकै घरमा छापामारी गरेर ३७ वर्षीय झापस दास थारु, ४४ वर्षीय विशाल सहनी, काभ्रे सांगा ६ का ५० वर्षीय दामोदर अधिकारी, धादिङ गंगाजमुना २ का ५२ वर्षीय म्लाङ दोङ तामाङलाई मृत हरिण, अवैध हातहतियार र केही नगदसहित पक्राउ गरेका थिए । छापामारीका क्रममा बा ५ च ७८०५ नम्बरको टोयोटा ल्यान्डक्रुजर जीप, प्रदेश २–०३–००१ च ३०९७ नम्बरको महिन्द्रा कम्पनीको बोलेरो जीपसमेत बरामद गरिएको थियो । सिकारका लागि प्रयोग गरिएको बरामद बोलेरो जीप प्रदेश सांसद् जयसवालकै हो । सखुवा प्रसौनीका स्थानीयका अनुसार मंसिर ४ को निर्वाचनको प्रचारप्रसारमा जयसवालले यही गाडी प्रयोग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑