• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    को बन्लान मधेस प्रदेशका मुख्यमन्त्रि ?

  • वीरगंज संजाल
  • १२ पुष २०७९, मंगलवार १४:२५
  • १७२९

    वीरगंज । केन्द्रमा भएको सत्ता समीकरण हेरफेरले मधेस प्रदेशको राजनीतिमा पनि तरंगित बनेको छ। केन्द्रमा जस्तै यहाँ पनि सरकारको नेतृत्वका लागि तयारी गरिरहेको नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने अवस्था बनेको छ। संघकै मोडलमा यहाँ पनि नयाँ गठबन्धनबाट प्रदेश सरकार बन्ने देखिन्छ। तर कुन दलले मुख्यमन्त्री लिने टुंगो छैन। केन्द्रबाट सत्ता गठबन्धनले कुन प्रदेश कुन दलले लिने निर्णय गरेका छैनन्। मधेस पनि केन्द्रकै निर्णय कुरेर बसेको छ। मधेसमा अबको मुख्यमन्त्रीका लागि नेकपा एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीले दाबी गरेका छन्। मधेस प्रदेशमा कुनै पनि दलले प्रदेश सभा दल नेता चयन गरेका छैनन्। दल नेता मुख्यमन्त्रीका लागि दाबेदार हुन्छन्। १०७ सदस्यीय मधेश प्रदेश सभामा ६ स्वतन्त्र सांसदसहित १० दलको प्रतिनिधित्व छ। सरकार बनाउन ५४ जना सांसदको समर्थन चाहिन्छ। २३ सिटसहित एमाले यहाँ सबैभन्दा ठूलो दल छ। कांग्रेसको २२, जसपाको १६, जनमतको १३, लोसपाको ९, माओवादी केन्द्रको ८ र एकीकृत समाजवादीको ७ सांसद छन्।

    स्वतन्त्रले ६ र राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले एक—एक सिट जितेको छ। केन्द्रमा भएको गठबन्धन अनुसार मधेसमा एमाले, माओवादी केन्द्र, जसपा, जनमत, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको प्रदेश सभा सदस्यको संख्या जोड्दा ६२ पुग्छ। एमालेका एक नेताका अनुसार पार्टीले यहाँ सभामुख लिएर जसपा वा जनमतमध्येका एकलाई मुख्यमन्त्री दिन सक्छ। ‘को मुख्यमन्त्री हुने र मन्त्रालय कसले कुन लिने अहिलेसम्म केही आइसकेको छैन। जसपालाई नै मुख्यमन्त्री दिनेमा पार्टी लचकै देखिन्छ तर जनमतले पनि दाबी गरेकाले अहिले भन्न सकिएन,’ उनले भने। एमालेकी प्रदेशसभा सदस्य शारदा थापाले ठूलो दलको हैसियतले मधेसमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरिन्। तर पार्टी केन्द्रले गर्ने निर्णय आफूहरूले स्वीकार गर्ने उनको भनाइ थियो। एमालेबाट प्रदेशसभा सदस्य राजकुमार लेखी र रामचन्द्र मण्डल संसदीय दलका नेताका लागि दाबेदार छन्। सरकार गठनमा निर्णायक जसपाका प्रदेश सभा सदस्य राम अशिष यादवले मुख्यमन्त्रीमा आफ्नो पार्टीको पनि दाबी स्वभाविक रहेको बताए।

    ‘केन्द्रमा जसरी गठबन्धन बनेको छ त्यस हिसाबले जसपाले मधेश प्रदेशको नेतृत्व पाउने निश्चितजस्तै छ। तर औपचारिक निर्णय हुन बाँकी छ,’ उनले भने।जसपाबाट मुख्यमन्त्री लालबाबु राउत, पूर्वसभामुख सरोज यादव र पूर्वउपनेता रामअशिष यादव दलको नेताका प्रमुख दाबेदार छन्। केन्द्रमा सरकारमा गएको जनमत पार्टीले मधेसको मुख्यमन्त्री आफूहरूलाई चाहिने अडान राखेको छ। जनमतका अध्यक्ष सिके राउतले मधेसको मुख्यमन्त्री आफूहरूले पाउनुपर्ने बताइरहेका छन्। जनमत पार्टीले पाएमा कसलाई मुख्यमन्त्री बनाउने निश्चित छैन।प्रदेश सरकार गठनको विषयमा औपचारिक छलफल हुन बाँकी रहेकाले नेतृत्व र मन्त्रालय भागबन्डाबारे अहिले केही थाहा नभएको माओवादीका प्रदेश सभा सदस्य रहबर अन्सारीले बताए। माओवादीबाट भरत साह संसदीय दलका नेताका दाबेदार छन्। सांसदहरुको शपथलगतै दलहरुले संसदीय दलको नेता चयन गर्ने र त्यसपछि मात्रै मुख्यमन्त्री तय हुने नेताहरु बताउँछन्। मधेस प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथ पुस १५ गते तय भएको छ। प्रदेश सभाका ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपानेले सांसदहरूलाई शपथ खुवाउनेछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑