• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जबाट एक महिना पहिले अपहरण भएको बालकको शव फेला

  • वीरगंज संजाल
  • ११ पुष २०७९, सोमबार १०:३८
  • २३०१

    वीरगन्ज । वीरगन्जमा झण्डै एक महिना पहिले अपहरणमा परेका एक बालकको हत्या गरि शव शौचालयको सेप्टी ट्यांकीमा आइतबार फेला परेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया खल्वा टोलका श्रीमान् पासवानका १५ वर्षिय छोरा नीरज पासवानको शव , खल्वा टोलमै रहेको गुरुकुल पन्ना बोर्डिंग स्कुलको शौचालयको सेप्टी ट्यांकीबाट बरामद भएको हो । वीरगन्जको मीना बजारमा मासु पसल सन्चालन गर्दै आएका श्रीमान् पासवानका छोरा नीरज गत मंसिर ५ गते सम्पर्क विहिन भएका थिए । मंसिर ६ गते अभिभावकले वडा प्रहरी कार्यालय वीर्तामा नीरजको खोजतलाशका लागि निवेदन दिएका थिए । त्यसको चार पाँच दिन पछि अपरिचित व्याक्तिहरुले बुबा श्रीमान पासवानलाई मोबाइलमा फोन गरेर ५० लाख रुपैया फिरौती माग गरेपछि नीरज अपहरणमा परेको खुलाशा भएको थियो ।

    त्यसपछि नीरजका बुबा श्रीमान् पासवानले आफनो छोरा अपहरणमा परेको र अपहरणकारीले ५० लाख फिरौती मागेको जानकारी प्रहरीकोमा गराएका थिए । प्रहरीले नीरजको खोजतलाशका क्रममा अपहरणमा संलग्न रहेको आशंकामा एक हप्ता पहिले दुइ जना स्थानीयलाई नियन्त्रणमा लिएको थियो । तीनै दुवै जनाले दिएको बयानका क्रममा आइतबार प्रहरीले विद्यालयको शौचालयको सेप्टी ट्यांकी भित्रबाट नीरजको शव बरामद गरेको हो । प्रहरी हिरासतमा रहेका दुइ व्याक्तिको परिचय प्रहरीले नखुलाएपनि उनिहरु मध्ये पटेल थरका एक व्याक्ति र गुरुकुल पन्ना बोर्डिंग स्कुलका एक जना शिक्षक रहेको श्रोतले जनाएको छ । उनिहरुले नै फिरौतीका लागि नीरजको अपहरण गरेर हत्या गरि शव , सेप्टी ट्यांकीमा लुकाएर राखेको बताइएको छ ।

    आइतबार अपरान्ह साढे ३ बजे प्रहरीको टोलीले विद्यालयको सेप्टी ट्यांकीमा उत्खनन् शुरु गरेको र साँझ ५.३० बजे नीरजको शव, घाँटी र खुुट्टा डोरीले बाँधेर फालिएको अवस्थामा सेप्टी ट्यांकी भित्र भेटिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरिले जानकारी दिए ।नीरजको हत्या गरि शव , सेप्टी ट्यांकी भित्र हालेर माथि माटो र बालुवाले पुरिएको अवस्थामा भेटिएको गिरिले बताए । प्रहरी नायब उपरिक्षक गिरिले घटनाामा संलग्न रहेको आशंकामा केहि व्याक्तिलाई नियन्त्रणमा लिएको र शंकास्पद अन्यको पनि प्रहरीले खोजी गरिरहेको बताए । उनले भने ,‘ अपहरणकारीले ५० लाख फिरौती मागेर अभिभावकलाई फोन गरेका रहेछन् , त्यहि नपाएर हत्या गरेको हुन सक्छ , हामीले यस बारेमा अनुसन्धान गरिरहेका छौ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑