• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    छ वर्ष बित्दा पनि बनेन सडक

  • वीरगंज संजाल
  • १० पुष २०७९, आईतवार १५:१२
  • १५६१

    जलेश्वर । २०७३ भदौ २४ गतेका दिन तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुई वर्ष छ महिनामा निर्माण कार्य सम्पन्न हुने गरी भिटामोड– जलेश्वर–जनकपुर सडक निर्माण सक्ने भन्दै शिलान्यास गर्नु भएको थियो ।

    त्यति वेला सडक निर्माण कार्य सुरु गर्न जलेश्वरको खैरा चौक नजिक शिलान्यास हुँदा वर्षौँ वर्ष देखि सडक भएर आउजाउ गर्नेहरूले भोग्दै आएको समस्याबाट मुक्ति पाउने आशाले स्थानीयहरूमा खुसीको लहर छाएको थियो । वर्षौँ देखि सडकको कारण समस्या खेप्दै आएका स्थानीयमा सडक बन्ने कुराले खुसीको सीमा थिएन ।

    दशकौँदेखि उपेक्षाको सिकार भएर जीर्ण अवस्थामा रहेको भिटामोड– जलेश्वर– जनकपुर सडक बन्ने भएपछि स्थानीयहरू खुसी हुनु स्वाभाविक पनि थियो । तर त्यो खुसीको लहर दीर्घकालीन हुन नसकेकोमा अहिले भने स्थानीयहरू दुखी तथा आक्रोशित देखिएका छन् ।

    दुई वर्ष ६ महिना अर्थात् ३० महिनामै निर्माण सक्नु पर्ने भिटामोड– जलेश्वर– जनकपुर सडक छ वर्ष तीन महिना अर्थात् ७५ महिना बितिसक्दा समेत तयार हुन नसकेपछि स्थानीयहरू दुखी तथा आक्रोशित देखिएका छन् ।

    एकातिर निर्माण अवधिको झन्डै दोब्बर भन्दा पनि बढी समय बिती सक्दा समेत सडक निर्माण कार्य पुरा नहुनु र अर्को तर्फ निर्माण कार्य पुरा नहुँदै सडक ठाउँ ठाउँमा भत्किन थालेपछि स्थानीयहरू चिन्तित देखिएका छन् ।

    निर्माण कार्य पुरा नै नभई उक्त सडक खण्डको ठाउँ ठाउँमा सडक बिग्रेर सुख्खामा धुलो र वर्षामा हिलो जम्ने कारण स्थानीयले विगतमा भोगको पिडा ज्युँका त्युँ रहन गएको अनुभव गर्न थालेका छन् । निर्माण कार्य हुन नसकेको ठाउँमा सडकबाट उड्ने धुलो घरको भान्छा सम्मै पुग्ने गरेका जलेश्वर जिरोमाइलमा घर भएका स्थानीय छेदी चौधरीले गुनासो गर्नु भयो ।

    “निर्माणाधीन उक्त सडक खण्डको जिरोमाइल नजिक काम नै नहुँदा त्यहाँ धुलो उडेर हैरान बनाएको छ ।” स्थानीय चौधरीले भन्नु भयो “निर्माण सम्बन्ध ठेकेदार र सरोकार वाला निकायको ध्यान तत्काल यस तर्फ जानु पर्ने अत्यावश्यक छ । सडकमा उड्ने धुलोको कारण घरमा बस्न खान समेत समस्या हुन थालेको छ ।”

    मधेस प्रदेशको राजधानी जनकपुरलाई भारतीय सिमानासँग जोड्ने प्रमुख सडकको रूपमा उक्त भिठ्ठामोड जलेश्वर जनकपुर सडक रहेको छ । तोकिएको समय सकिएको तीन वर्ष चार महिना बित्दा समेत कतिपय ठाउँमा सडक निर्माण नै भएको छैन भने कतिपय ठाउँमा निर्माण सम्पन्न भई सकेको सडक समेत भत्किन थालेको जलेश्वर–१० का स्थानीय फारुख अन्सारीले बत्ताउनु भयो ।

    “निर्माण भएको सडक पनि भत्किन थालेको छ ।” स्थानीय अन्सारीले गुनासो गर्दै भन्नु भयो “निर्माण कार्य तोकिएकै अवधिमा सक्नु पर्ने हो तर यहाँ त अवधि सकेको पनि दोब्बर समय बिती सक्यो , यो भन्दा ठुलो विडम्बना के होला ? ” भिट्टामोड –जलेश्वर– जनकपुर सडक निर्माण कार्य प्रारम्भ गर्न शिलान्यास गरिएको बखत तत्कालीन सत्ताधारी दल माओवादी केन्द्र, नेपाली काँग्रेस र नयाँ शक्ति लगायत धेरै राजनीतिकदलहरुले उक्त सडक निर्माण कार्य सुरु हुनुलाई आ–आफ्ना पार्टीकै साखसँग जोडेका थिए ।

    आ–आफ्नै दलको प्रयासमा सडक निर्माण कार्यको सुरुवात गरेको फुर्ती लगाउनु कुनै पछि दल पछाडि परेनन् । तर यतिका प्रमुख राजनीतिक दलले आ–आफ्ना पार्टीको साखसँग जोडेका भिट्टामोड –जलेश्वर– जनकपुर सडक निर्माण कार्य तोकिएको अवधि भन्दा दोब्बर समय बिती सक्दा समेत काम पुरा नहुँदा कसैले केही बोल्न समेत आवश्यक नठान्नु दुःख पक्ष रहेको स्थानीय वयोवृद्ध कृष्णचन्द्र झाले भन्नु भयो “सडकको काम अझै पनि तदारुकता साथ पुरा गर्न गराउन यहाँका राजनीतिक दलहरू गम्भीर हुनु आवश्यक छ । ”

    केही दिन पहिले स्थानीयको गुनासोपछि प्रतिनिधि सभाको विकास तथा पूर्वाधार समितिले गठन गरेको अनुगमन समितिले समेत निर्माणमा त्रुटि भएको औँल्याएको थिए । समयमै सडक निर्माण नहुँदा यस क्षेत्रका बासिन्दा सास्ती भोगिरहेका छन्। पटक पटक म्याद थपिँदा समेत सडक निर्माण सम्पन्न नभएपछि स्थानीय निराश छन् ।

    १८.५६ किलोमिटरको सडक निर्माण गर्न ९३ करोड ४३ लाख रुपैयाँमा दुई खण्डमा विभाजन गरी निर्माण गर्ने सम्झौता भएको थियो । पहिलो खण्डमा जनकपुरधामस्थित जिरो माइलदेखि महोत्तरीको पिपरासम्म श्री प्रतिभा वाईपी जेबीले ४३ करोड ५४ लाख ७२ हजार ८७४ रुपैयाँ र दोस्रो खण्डमा पिपरादेखि भिठ्ठामोडसम्म ९.५६ किलोमिटर सडक श्री आशिष् पप्पु रोशन जेबीले ४९ करोड ८९ लाख २० हजार ७०७ रुपैयाँमा ठेक्का सम्झौता गरेका थिए ।

    हुलाकी राजमार्ग परियोजना जनकपुरले साइट क्लियरेन्सको समस्याका कारण समयमै काम सम्पन्न हुन नसकेको बताउँदै आएका छन् । सडक खण्डमा पर्ने चार वटा मन्दिरको व्यवस्थापन, टेलिफोनको तार तथा विद्युत्को पोल व्यवस्थापन, स्थानीयको अवरोध लगायत कारणले समय सीमाभित्र काम सम्पन्न नभएको हुलाकी राजमार्ग परियोजनाले जनाएको छ ।

    जनकपुरधाम–भिठ्ठामोड सडक खण्डमा पानी निकासको समस्या देखिएपछि थप नौ वटा कल्भर्टको काम पनि थपिएका छन् । कल्भर्ट निर्माणका लागि इलाइट सूर्या जेबीसँग २०७७ भदौ १९ गते २९ करोड २६ लाख ६९ हजार रुपैयाँमा सम्झौता भएको थियो । कल्भर्ट निर्माण २०७९ भदौ १८ मा सम्पन्न गर्नुपर्नेछ । तर उक्त कार्य पनि पूर्णरुपमा सम्पन्न हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑