वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएका फैसलामाथि चित्त नबुझेको भन्दै चारवटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।
विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका घु/रिसवत,सार्वजनिक सम्पत्ती हानिनोक्सानी,राजश्व चुहावट र गैरकानुनी लाभ तथा हानि गरी जम्मा चार मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन्।
केदार शर्मा,गोविन्दराज ओझा, डोमा शेर्पा र कृष्णकुमार नेपाललगायत प्रतिवादी रहेका मुद्दामा विशेष अदालतले गरेको फैसलाउपर चित्त बुझ्दो नभएको भन्दै आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो।