वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकामा सुविधा सम्पन्न प्रयाेगशाला स्थापना हुने भएकाे छ । गाउँपालिकामा प्रयोगशाला स्थापनाको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले बुधबार जगरनाथपुर गाउँपालिकालाई करिब रु ६० लाख बराबरको ल्याब सम्बन्धित स्वास्थ्य सामग्री र उपकरणहरु उपलब्ध गराएकाे छ ।
गाउँपालिका अध्यक्ष मदन चाैहानकाे पहल र समन्वयमा गाउँपालिकामा सुविधासम्पन्न प्रयाेगशाला स्थापनाकाे लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आवश्यक सामग्री र उपकरणहरु उपलब्ध गराएकाे प्रमुख प्रशासकिय नवाज हुसेनले जानकारी दिए ।
साे सामग्री बुझ्न गाउँपालिका अध्यक्ष चाैहान कै नेतृत्वकाे टाेली बिहिबार जनकपुरधाम पुगेकाे थियाे । गाउँपालिकाको वडा नं. ४ मा रहेकाे लंगडी स्वास्थ्य चौकीमा प्रयोगशाला संचालनकाे लागि बिहिबार नै प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम र जगरनाथपुर गाउँपालिका बीच १८ बुंदे सम्झाैता समेत भएकाे प्रमुख प्रशासकिय अधिकृत हुसेनले जानकारी गराए ।
समझाैता अनुसार प्रयोगशालासंग सम्बन्धित प्राविधिक तथा प्रशासनिक विषयहरु प्रदेश प्रयोगशालासंग समन्वय गरी संचालन गर्नु पर्नेछ । सेवाग्राहीलाई बस्ने, खानेपानी र आराम गर्ने राम्रो व्यवस्था स्थानिय तहले गर्नु पर्ने छ । ल्याव रिपोर्टको राम्रो व्यवस्था गर्नु पर्ने छ, दिस(DHIS) 2 लगायतका रिपोर्टिङहरु तोकिएको समय गर्नुपर्ने छ ।
कर्मचारी र किट्स ,रिएजेण्ट ,कन्सुमबलेस को व्यवस्था यस आर्थिक बर्षकाे लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्नेछ । आगामी वर्षको लागि प्रदेश सरकारबाट वजेट प्राप्त भए अनुसार हुनेछ । अन्यथा पालिकाले स्वास्थ्यको बजेटबाट गर्नु पर्नेछ । जनशक्तिहरुलाई तालिम प्रयोगशालाबाट प्रदान गरिनेछ ।
सम्पन्न दुई पक्षिय सम्झाैता पत्रमा प्रदेश जनस्वास्थ्य प्रयाेगशालाका निर्देशक डा. श्रवण कुमार मिश्र, गाउँपालिका अध्यक्ष यादव र लंगडि स्वास्थ्य चौकी प्रमुख मनु पटेलले हस्ताक्षर गरेका छन् ।
यस अघि बुधबार नै जगरनाथपुर गाउँपालिकाले विजबनिया स्वास्थ्य चाैकीमा प्रयाेगशाला संचालनकाे लागि प्रदेश जनस्वास्थ्य प्रयाेगशालासंग समझ्ताै गर्दै आवश्यक समाग्री र उपकरणहरु बुझेकाे थियाे ।