• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उदयपुरको विद्यालयमै च्याउ खेती, विद्यालयमै बिक्री

  • वीरगंज संजाल
  • ५ पुष २०७९, मंगलवार ०९:३८
  • २८७७

    उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउ खेतीबाट आम्दानी लिन थालेका छन्। कक्षा ११ को सैद्धान्तिक अध्ययनसँगै विद्यार्थीले अभ्यासमार्फत च्याउ खेती गरेका हुन्। “किताब पढ्नेमात्रै होइन यसलाई व्यवहारमा उतार्नका लागि खेती गरेका हौँ”, छात्र विवश लामिछाने भन्छन्, “भविष्यमा यही खेतीबाट आम्दानी गरेर जीविकोपार्जन पनि गर्न सकिन्छ नि।” २२ विद्यार्थीले ८० हजार रुपैयाँको लागतमा सुरु गरेको च्याउ खेतीबाट पहिलोपटकमै ४० हजार रुपैयाँ आम्दानी लिइसकेका छन्।

    दुई टनेलमा गरिएको खेतीबाट चार पटकसम्म च्याउ उत्पादन निकाल्ने तयारी विद्यार्थीको छ। पढाइसँगै सीप र आम्दानीबाट पढाइका लागि च्याउ खेती गर्दै आएका विद्यार्थी बताउँछन्। “यसको आम्दानीले विद्यालयमा लाग्ने खर्चमा खर्च गर्छौँ”, छात्र सन्देश भण्डारीले भने–“पढाइसँगै सीप पनि सिक्छौँ र पढ्न खर्च पनि बनाउँछौँ।” भविष्यमा च्याउ खेतीबाट पनि आम्दानी लिन सकिने उद्देश्यले कक्षाबाट बचेको समयमा च्याउ खेती गरिरहेको छात्रा कल्पना भण्डारीले बताए।कटारीमा च्याउको मागअनुसार उत्पादन नभएको पाइएपछि च्याउ खेती गरिएको विद्यार्थीको भनाइ छ। विद्यार्थीलाई सुरुमा लगानी विद्यालयले नै गर्ने गरेको छ। विद्यालयको लगानीबाट नाफा निस्किएको रकम विद्यार्थीले नै बाँडेर पढाइलगायत अन्य खर्च गर्न सक्नेछन्।

    विद्यार्थीलाई अध्ययनसँगसँगै अभ्यास पनि हुने भएकाले प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्की बताउँछन्। “पढेको सीपलाई व्यावसायिक रूप दिनलाई यो कार्य विद्यार्थीले नै सञ्चालन गर्ने गरेका छन्।” दिवा समयमा विद्यालयको कक्षा कार्यसँगै विद्यार्थीले च्याउको अवस्था र यसलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर खट्ने गरेका छन्। उनीहरूले उत्पादन गरेको च्याउ विद्यालयमै बिक्री हुने गरेको छ। च्याउको माग बढ्दै गएको उनीहरू बताउँछन्। जाडो मौसममा राम्रो उत्पादन हुने कन्या च्याउ लगाइएको जनाउँदै विद्यार्थीले सामूहिकरूपमा समेत यसको आम्दानीलाई खर्च गर्ने बताउँछन्। यस विद्यालयका विद्यार्थीले यसअघि गएको तिहारमा सयपत्री फूलखेती गरेर पनि राम्रो आम्दानी गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑