• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कांग्रेस संसदीय दलको नेता छान्न तोकियो निर्वाचनको मिति

  • वीरगंज संजाल
  • ४ पुष २०७९, सोमबार १४:०४
  • २३३७

    वीरगंज । नेपाली कांग्रेसको संसदीय दलको नेता एवं संसदीय दल कार्यसमितिको निर्वाचन बुधबार बिहान हुने भएको छ । कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिले बुधबारका लागि मिति तोकेको हो । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा ती सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । संयोजक आङ्दम्बेसहित केन्द्रीय सदस्य पुष्पा भुसाल र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको निर्वाचन समितिले बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको निर्वाचन गराउने भएको हो । संयोजक आङ्दम्बेका अनुसार सोमबार बिहान पार्टी कार्यालय सानेपामा बसेको निर्वाचन समितिको बैठकले निर्वाचनको समय तालिका पनि बनाएको छ । आजै मतदाता नामावली प्रकाशित गरिने समितिकी सदस्य पुष्पा भुसालले रातोपाटीलाई बताइन् । उनले भनिन्, ‘आज मतदाता नामावली प्रकाशन हुन्छ । त्यसपछि दाबी–विरोध हुन्छ । अन्तिम नामावली प्रकाशित हुन्छ ।’ कांग्रेसमा संसदीय दलको चुनावमा प्रतिनिधिसभाका सांसद मतदाता हुने व्यवस्था छ । उम्मेदवारी दर्ता भने बुधबार बिहानै सुरु हुने उनको भनाइ छ । उनले भनिन्, ‘उम्मेदवारी दर्तामाथि दाबी–विरोधको समय सकिएपछि मतदान सुरु हुन्छ ।

    ’कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्री गगन थापाको उम्मेदवारी रहने सम्भावना छ । कांग्रेसको संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवार बन्दा इतर पक्षबाट कोइराला र थापा प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । शेखर– गगनले आफू निकट ठानेका योगेश गौचन, सुरेन्द्र आचार्य, दीपक गिरि र दीपक खड्काले देउवालाई साथ दिने सम्भावना बढेको छ । शशांक कोइरालाले देउवालाई समर्थन गर्दा गिरि र खड्का पनि सँगै उभिने सम्भावना छ भने गौचनको झुकाव पनि देउवातिर देखिन्छ । योगेशका बुवा मुस्ताङका जिल्ला सभापति रोमी गौचन थकाली पछिल्लो समय देउवासँग नजिक देखिन्छन् । १४ औँ महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका सांसद प्रदीप पौडेल भने गगन थापाको पक्षमा उभिने सम्भावना बढी छ । संस्थापन पक्षबाट शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, शशांक कोइराला, प्रकाशमान सिंह, किशोरसिंह राठौर, विमलेन्द्र निधि, प्रकाशशरण महत, ज्ञानेन्द्र कार्की, एनपी साउद, डा। नारायण खड्का, रमेश रिजाल संघीय सांसद बनेका छन् । यसैगरी रामचन्द्र पौडेलले पनि आफूलाई साथ दिने देउवाको विश्वास छ । यस्तै रमेश लेखक, वीरबहादुर बलायर, मोहनबहादुर बस्नेत, उदयशमशेर जबरा, सीता गुरुङ, राजेन्द्रकुमार केसी, श्यामकुमार घिमिरे, शंकर भण्डारी, रामहरि खतिवडा, विनोदकुमार चौधरी र मोहन आचार्य पनि संस्थापन निकट सांसद हुन् ।

    अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, अजयकुमार चौरसिया, दिपक गिरि, आरजु राणा देउवा, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, टेकबहादुर गुरुङ, महेन्द्रकुमार राय, दिनेशकुमार यादव, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल र निनुकुमारी कर्ण संस्थापन पक्षका सांसद मानिन्छन् । यस्तै यागेश गौचन थाकाली, शान्ति विक, खमबहादुर गर्बुजा, पूर्णबहादुर तामाङ, सरस्वती बजिमय, सीताकुमारी राना, विष्णुकुमार कार्की, सुशीला थिङ, सपना राजभण्डारी र माया राई पनि संस्थापन पक्षका सांसद हुन् । यस्तै सुरेन्द्रराज आचार्य, डिल्लीराज पन्त, पुष्पबहादुर शाह, दीपक खड्का, सन्तोष चालिसे, दुर्लभ थापा क्षेत्री, ऐनबहादुर शाही ठकुरी, मनोरमा सेरचन, रुपा विक, आशा विक, जावेदा खातुन जागा पनि संस्थापन पक्षसँग जोडिएका छन् । संस्थापन इतर पक्षबाट डा। शेखर कोइराला, धनराज गुरुङ, गगनकुमार थापा, विश्वप्रकाश शर्मा, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, प्रदीप पौडेल, चन्द्र भण्डारी र हृदयराम थानी सांसद बनेका छन् । यस्तै सञ्जयकुमार गौतम, तेजुलाल चौधरी, सरिता प्रसाईं, प्रतिमा गौतम, डिगबहादुर लिम्बु, सुनिलकुमार शर्मा, रामकृष्ण यादव, रामनाथ अधिकारी, राजेन्द्र बजगाईं, राजु थापा, लीलादेवी बोखिम, सीता मिजार, दिक्पाल शाही, मैना रावल कार्की, मुक्तकुमारी यादव, विनाकुमारी थनेत र कुसुम थापामगर पनि संंस्थापन इतर निकट मानिन्छन् । यद्यपि देउवाविरुद्ध महामन्त्री थापा नै चुनाव लड्ने सम्भावना बलियो भएकाले केही तलमाथि हुन सक्ने सम्भावना पनि देखिन्छ । शेखर कोइरालाको समर्थन पाएर देउवाविरुद्ध मैदानमा आए थापाले ३७ जना सांसदको हिसाब गडबड गरिदिने आकलन गरिएको छ । कांग्रेसबाट प्रत्यक्ष र समानुपातिक सांसद बनेकाहरूको तस्बिर हेर्दा थापाले चुनाव जित्न सकस पर्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑