• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कम्प्युटरमा यस्ता गल्ति झुक्किएर पनि कहिल्यै नगर्नुहोस्

  • वीरगंज संजाल
  • ३ पुष २०७९, आईतवार १५:०१
  • १६२५

    वीरगंज । अहिलेको समयमा कम्प्युटर र ल्यापटप समान्य विषय बनिसकेको छ । करीब सबैसँग कम्प्युटर तथा ल्यापटप देख्न सकिन्छ । तपाईं हामीले जानअञ्जानमा कम्प्युटर तथा ल्यापटपमा गर्ने साना साना कमजोरीले निकै ठूलो नोक्सान पुर्‍याउन सक्छ । प्रायः तपाईं हामी सबैले गर्ने साना साना गल्तिहरू के के हुन् र त्यसबाट कसरी जोगिने भन्ने विषयमा आज हामी जानकारी दिन गइरहेका छौँ । क्र्याक सफ्टवेयरको प्रयोग नेपालमा धेरैजसोले विण्डोज कम्प्युटर तथा ल्यापटप प्रयोग गरिरहेका छौँ । हाम्रो एउटा विशेषता भनेकै के छ भने सकेसम्म हरेक चिज निःशुल्क रुपमा प्रयोग गर्न खोज्छौँ । जसका लागि अनेक उपायकाे खोजी गर्न गर्न समेत पछि पर्दैनौँ । इन्टरनेटमा क्र्याक सफ्टवेयर खोज्ने देखि मोडिफाई भर्सन राख्ने वा ओरिजिनल सफ्टवेयर क्र्याक गर्ने कोशिस समेत गर्छौँ । यदी तपाईंको कम्प्युटरमा एकदमै महत्वपुर्ण तथ्याङ्कहरू छन् वा भनौँ तपाईं आफ्नो कम्प्युटरमा एकदमै महत्वपुर्ण जस्तै बैंक सम्बन्धि र एकदमै गोप्य राख्नुपर्ने कामहरू गर्नुहुन्छ भने कहिल्यै पनि आफ्नो कम्प्युटर तथा ल्यापटपमा कुनै पनि किसिमको क्र्याक सफ्टवेयर इन्स्टल नगर्नुहोस् । यदी तपाईंले क्र्याक सफ्टवेयर प्रयोग गरिरहनुभएको छ भने कम्प्युटर सिस्टम स्लो भएको पक्कै पनि ख्याल गर्नुभएकै होला । यस्ता सफ्टवेयरबाट तपाईंको कम्प्युटर तथा ल्यापटपमा भाइरस प्रवेश गर्न सक्छ र ह्याकरले तपाईंका महत्वपुर्ण डाटा चाेर्न सक्छ । त्यसैले आफ्नो कम्प्युटरमा महत्वपुर्ण डाटा स्टोर गर्नुभएको छ र गोप्य राख्नुपर्ने कामहरु गरिरहनुभएको छ भने क्र्याक सफ्टवेयरबाट टाढै रहनु बेश हुनेछ ।

    भाइरस लिंक
    कम्प्युटर तथा इन्टरनेटको विषयमा त्यति धेरै जानकारी नहुने प्रयोगकर्ताले गर्ने कमजोरी हो यो । तपाईं इन्टरनेटबाट कतिपय बेला गीतहरू तथा भिडियो डाउनलोड गरिरहनुभएको हुन्छ र कहिले कुनै सफ्टवेयर डाउनलोड गर्नुहुन्छ । यस्तोमा तपाईं भुलबश यस्ता लिङ्कहरू क्लिक गर्न पुग्नुहुन्छ जहाँ ‘तपाईंको कम्प्युटरलाई भारी मात्रामा नोक्सान गरिसकेको छ’, ‘तपाईंको कम्प्युटरमा भाइरस छ’ भन्ने जस्ता नोटिफिकेशन देख्नुहुन्छ । ख्याल गर्नुभएको छ भने यस्तो नोटिफिकेशन कहिलेकाहिँ तपाईंको स्मार्टफोनमा पनि आएको देख्नुभएको हुनसक्छ । त्यस्ता नोटिफिकेशनसँगै त्यसलाई हटाउन भन्दै केही प्रकृया पनि सुझाइएको हुन्छ । यस्ता स्टेपहरू तपाईं गल्ति गरेर पनि फलो नगर्नुस् । सुरुवातमा कम्प्युटर सिकिरहेका वा कम्प्युटरको विषयमा त्यति ज्ञान नभएका प्रयोगकर्ताहरू यस्तोबेलामा झुक्किरहेका हुन्छन् र गल्ति गर्न पुग्छन्। जसले गर्दा कम्युटरमा भाइरस आउन सक्छ । यस्ता नोटिफिकेशन आउँदा नआत्तिकन ट्याब बन्द गरिदिन सक्नुहुन्छ । सी ड्राइभको स्पेस सुरुमा तपाईलाई थाहा नहुन सक्छ । जब तपाई कम्प्युटरमा डाटा स्टोर गर्दै जानुहुन्छ तब मात्र तपाईलाई आफूले गरेको गल्ति महशुस हुन थाल्छ । कतिपय व्यक्तिहरू यस्ता हुन्छन्, हार्ड डिस्क त पार्टिशन गर्छन् । तर सी ड्राइभलाई पर्याप्त स्पेस भने दिँदैनन् । जसले विस्तारै सी ड्राइभ फूल हुने समस्या देखिन थाल्छ । त्यसैले कम्तिमा एक सय देखि एक सय ५० जीबीसम्मको स्पेस सी ड्राइभका लागि छुट्याउनु बुद्धिमत्तापुर्ण हुन्छ । थर्डपाटी वेबसाइटबाट सफ्टवेयर डाउनलोड कुनै सफ्टवेर, फाइल वा जिप फाइल इन्टरनेटबाट डाउनलोड गर्दै हुनुहुन्छ भने सकेसम्म अफिसियल वेबसाइट वा भरपर्दो वेबसाइटबाटै डाउनलोड गर्नुहोस् । थर्डपार्टी वेबसाइटबाट डाउनलोड गर्दा कम्प्युटर सिस्टममा भाइरस प्रवेश गर्ने सम्भावना उच्च हुन्छ ।

    वेबक्यामको प्रयोग
    कम्प्युटर तथा ल्यापटपको वेबक्याम अर्थात क्यामेरालाई आफ्नो विस्तारातर्फ फर्काएर नराख्नुस् । धेरैजसोको कम्प्युटर तथा ल्यापटप टेबलमा अन राखिएको हुन्छ र त्यसको वेबक्याम ओच्छ्यान तर्फ फर्किएको हुन्छ । विवाहित व्यक्तिहरूले यस्तो गल्ति कहिल्यै पनि नगर्नुस् । किन भने कतिपय समयमा ह्याकरले तपाईको कम्प्युटर तथा ल्यापटपको वेबक्याममा पहुँच बनाइरहेका हुनसक्छन् र सबै गतिविधि नियालिरहेको वा रेकर्ड भइरहेको हुनसक्छ । त्यस्तो अवस्थामा भिडियो इन्टरनेटमा लिक गरिदिने वा ब्ल्याकमेलमा पर्ने सम्भावना रहन्छ । सामान्यतया प्रयोगमा नआउने भएकाले वेबक्याममा टेप लगाएर राख्न सक्नुहुन्छ । ल्यापटप बन्द गरेर राख्ने वा वेबक्यामलाई विपरित दिशामा घुमाएर राखेर समेत तपाईं यस किसिमको जोखिमबाट बच्न सक्नुहुन्छ । डेक्सटपमा महत्वपुर्ण डाटा सेभ तपाईं हामी कतिपयले आफ्ना महत्पुर्ण फाइलहरु डेक्टपमै सो गरेर राखिरहेका हुन्छौँ । अबदेखि यस्तो गल्ति कहिल्यै पनि नगर्नुस् किन कि तपाईंको अपरेटिङ सिस्टम जुनसुकै बखत क्रप्ट तथा क्र्याश हुनसक्छ र नयाँ अपरेटिङ सिस्टम राख्नुपर्ने हुन्छ । यस्तो अवस्थामा तपाईंको डेक्सटपमा भएका सबै डाटाहरु सदाका लागि उड्नपुग्छन् । जसले तपाईंलाई ठूलो नोक्सानी पुग्न सक्छ । त्यसैले महत्वपुर्ण डाटाहरू अरु ड्राइभमा राख्नेगर्नुस् । प्रयोगमा नआउने सफ्टवेयर सुरुमा कम्प्युटर तथा ल्यापटप लिँदा एकदमै फास्ट र स्मुथ रुपमा चलिरहेको हुन्छ । तर एक दुई महिना पछि विस्तारै स्लो हुन थाल्छ । यसो हुनुको कारण तपाईंले कतिपय सफ्टवेर डाउनलोड गरिसक्नुभएको हुन्छ तर प्रयोग भने पटक्कै गरिएको हुँदैन । डिलिट पनि भएको हुँदैन । सिस्टममा सफ्टवेयर इन्स्टल गर्ने तर प्रयोगमा नआउने भए पनि डिलिट नगर्ने प्रबृत्ति एउटा ठूलो गल्ति हो । तिनैले तपाईंको कम्प्युटर तथा ल्यापटप स्लो गरिरहेका हुन्छन् । त्यसैले बेलाबेलामा कन्ट्रोल प्यानलमा गएर यस्ता प्रयोग नहुने सफ्टवेयर डिलिट गर्ने गर्नुस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑