• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश प्रदेश सभामा तेस्रो दल बन्यो

  • वीरगंज संजाल
  • २९ मंसिर २०७९, बिहीबार १७:४२
  • १७३३

    वीरगंज । २०७४ को चुनावमा एमाले २१ सिटसहित मधेश प्रदेश सभामा तेस्रो दल बन्यो । प्रतिकुल अवस्था भनिए पनि २०७९ मा भने २३ सदस्यसहित पहिलो दल बनेको छ । समानुपातिक सांसदको टुंगो लागेसंगै एमालेमा पनि संसदीय दलको नेता बन्न दौडधुप सुरु भएको छ । यसअघि दलको नेता रहेका सत्यनारायण मण्डल यसपटक सांसद छैनन् । दलको नेताका लागि आकांक्षी धेरै छन् । यद्यपि मुख्य दाबेदारका रुपमा चार जनालाई हेरिएको छ । रामचन्द्र मण्डल (धनुषा), हरिनारायण महतो (धनुषा), सरोजकुमार यादव (महोत्तरी) र राजकुमार लेखी (सप्तरी) को दलको नेता बन्नेमा धेरै चर्चा छ । चारैजना प्रत्यक्ष निर्वाचित एवं एमालेका केन्द्रीय सदस्य छन् । मण्डल दोस्रो पटक धनुषा १ (ख) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । यसअघि उनी नेकपा माओवादी केन्द्रबाट जितेका थिए । माओवादीका प्रमुख सचेतक समेत रहेका मण्डल नेकपा टुक्रिएपछि एमालेमा गएका हुन् । माओवादीले कारबाही गरेपछि उनले एक वर्षअघि नै पद गुमाएका थिए । दोस्रो पटक निर्वाचित र संसदीय दलको नेतृत्व गर्ने क्षमता रहेकाले आफू दलको नेताको आकांक्षी रहेको उनले बताए । ‘दोस्रो पटक निर्वाचित एवं अनुभवी भएकाले दलको नेताको म आकांक्षी हुनु स्वभाविक हो । दलको नेताको लागि मेरो दाबी रहने छ । तर संगठनले गरेको निर्णय नै अन्तिम हुन्छ,’ उनले भने ।

    तर एमाले भित्र भने मण्डल माओवादीबाट प्रभु साहसँगै आएकाले उनीमाथि शंकाको दृष्टिले हेर्ने पक्ष पनि छन् । यस विषयमा मण्डलले प्रभु साहको कारण केही असर आफूमाथि परे पनि उनी गइसकेकाले खासै असर नपर्ने तर्क गर्नछन् । महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित सरोज यादव महोत्तरी जिल्ला एमालेका अध्यक्ष समेत हुन् । वरिष्ठताका आधारमा भने सरोज यादवले आफू दलको नेता बन्नु पर्ने दाबी गर्छन् । ‘म अहिलेको निर्वाचित पार्टीका प्रदेश सभा सदस्यहरु मध्ये केन्द्रीय कमिटीको सबभन्दा पुरानो मेम्बर मै हुँ,’ यादवले भने, ‘यो आधारमा पन सबैभन्दा सिनियर हुँ । तर पार्टीमा जो कोही दलका नेतामा आकांक्षीवा दाबी गर्न सक्छन् । पार्टीले जे निर्णय गर्छ त्यो नै सर्वमान्य हुन्छ ।’ दलको नेताको अर्का प्रवल दाबेदार हुन् हरिनारायण महतो । उनी दुई कार्यकालदेखि एमाले केन्द्रीय सदस्य हुन् । मिथिला नगरपालिकाका पूर्व मेयर समेत रहेका महतोले धनुषा ४ (ख) बाट निर्वाचित छन् । उनी आफू दलको नेताको दाबेदार रहेको बताउँछन् । यद्यपि पार्टीले गरेको निर्णय अन्तिम हुने उनको भनाइ छ ।

    राजकुमार लेखी तत्कालीन राजपाका नेता थिए । राजपा छाडेर एमालेमा लागेका उनी सप्तरी १ (क) बाट निर्वाचित छन् । उनले आफू पनि दलको नेताको आकांक्षी रहेको बताए । चर्चामा दोस्रो पटक महोत्तरी १ (क) बाट निर्वाचित सारदा देवी थापाको नाम पनि छ । यद्यपि उनले आफू दलको नेताको दौडमा नरहेको बताइन् । दलको नेताको दौडमा रहेका चारजना मध्ये दुईजना रामचन्द्र मण्डल अथवा सरोज यादव बन्ने प्रवल सम्भावना रहेको एक नवनिर्वाचित सांसदले बताए । प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ सिट रहेको मधेश प्रदेशसभामा २३ सिटसहित एमाले पहिलो हुँदा २२ सिटसहित कांग्रेस दोस्रो दलको हैसियतमा छ । यस्तै १६ सिटसहित जसपा तेस्रो, १३ सिटसहित जनमत चौथो, ९ सिटसहित लोसपा पाँचौ, ८ सिटसहित माओवादी केन्द्र छैठौं र ७ सिटसहित एकीकृत समाजवादी सातौं दल बनेको छ । ६ स्वतन्त्र सांसद छन् भने राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको पनि एक/एक सिट रहेको छ । एमाले प्रदेश सभाको ठूलो दल भएपनि सरकार बाहिरै रहने सम्भावना छ । यो प्रदेशमा जनमत पार्टीलाई पनि सहमतिमा ल्याएर सत्ता गठबन्धन घटक कांग्रेस सरकार निर्माणको कसरतमा छ । चुनावी गठबन्धन गरेको जसपाले समेत एमालेसँगको सहकार्य अन्त्यको घोषणा गरेकाले उसलाई सरकार बनाउन बहुमत पुर्याउन कठिन देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑