काठमाडौँ । नेपाल फार्मेसी परिषद्ले शनिबार लिएको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत उत्तीर्ण भएका छन् ।
दिउसो १ बजे देखि नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको परीक्षामा कुल १ हजार ४१४ जनाले सहभागिता जनाएका थिए । त्यसमध्ये ९६७ (६८.३८ प्रतिशत) उत्तीर्ण भएको परिषद्का रजिष्ट्रार सञ्जीव पाण्डेले जानकारी दिए ।
परिषद्ले बर्षमा तीन पटक नाम दर्ता (लाइसेन्स) परीक्षा लिने गर्दछ । पछिल्लो समय परिषद्ले परीक्षालाई मर्यादित बनाउन औला र अनुहारको स्क्यान गर्ने गरी बायोमेट्रिक सिस्टम लागू गरेको छ ।