• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज महानगरवासिको समस्या बुझ्न टोलटोलमा मेयर सिंह

  • वीरगंज संजाल
  • २५ मंसिर २०७९, आईतवार १६:०५
  • २६९३

    वीरगंज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नगरका विभिन्न टोलमा पुगेर नगरवासीसँग सुझाव लिन थालेका छन् । नगरवासीकै चाहना अनुरुप काम गर्ने प्रतिबद्धता जनाएका सिंहले नगरको विकासमा नगरवासीको प्रत्यक्ष सहभागिता गराउन उनीहरुका सुझाव संकलन गर्न सुरु गरेका हुन् । मेयर सिंहले शनिबार विहान वडा नम्वर १ बजार छपकैयाँको नयाँ टोलामा स्थानीयलाई भेट्दै त्यहाँको विकासका लागि गर्नु पर्ने कामका बारेमा सुझाव लिएका छन् । मेयर सिंहसहित पुगेको टोलीलाई स्थानीयले फुलमाला लगाएर स्वागत गर्दै आफ्नो टोलमा बाटो, नाला र विद्युतीय तारको व्यवस्था मिलाइदिन आग्रह गरे । स्थानीयको समस्या सुन्दै मेयर सिंहले आफूहरु समस्या समाधानका लागि नै टोलटोलमा आएको भन्दै अगाडि आएका समस्या समाधानका लागि तत्काल काम अघि बढाइने बताए । कर्मचारीसहित लिएर पुगेका मेयर सिंहले नयकाटोलाको सडक र नाला निर्माणका लागि आवश्यक इस्टिमेट तयार पारेर काम अघि बढाउन निर्देशन दिए । सँगै रहेका वडा सदस्य दिपेन्द्र राउतले विद्युतीय तारका लागि प्राधिकरणसँगको समन्वयमा तत्काल समस्या समाधान गर्ने गरी काम गर्ने स्थानीयलाई प्रतिबद्धता दिलाए ।

    नयकाटोलाबाट निस्केका मेयर सिंहले वडा नम्वर २४ रामगढवामा पुगेर त्यहाँ निर्माण भइरहेको सडक ढलानको अनुगमन गर्दै गुणस्तरीय काम गर्न निर्देशन दिए । ढलानमा प्रयोग भइरहेको छड तथा सिमेन्ट बालुवाको मिश्रण परीक्षणका लागि कर्मचारीलाई निर्देशन दिँदै सडक ढलानको ठेक्का लिएका ठेकेदारलाई पनि मापदण्ड अनुरुप निर्माण गर्न निर्देशन दिए । त्यस लगत्तै रामगढवाका स्थानीयसँग भेट गर्दै उनले त्यहाँको विकासका लागि गर्नु पर्ने कामको सुझाव मागेका थिए । स्थानीयले तिलाबे नदीका कारण वर्षायाममा आफ्नो टोल डुबानमा पर्ने भएकाले त्यसका लागि सहज निकासको उपलब्ध गराउन नाला र सडक निर्माण गरिदिन आग्रह गरे । त्यहाँबाट वडा नम्वर २१ परवानीपुर पुगेका सिंहले धम्म तराई विपश्यना केन्द्र अगाडी रहेको पार्ककको निरीक्षण गर्दै त्यसलाई व्यवस्थित बनाउन निर्देशन दिए । शनिबार नै मेयर सिंहसहितको टोली वडा नम्वर २७ रामपुर जसौली पुग्यो । तिलाबे नहर वारी नै गाडी रोकेर साँघुरो कल्भर्ट हुँदै पुगेको टोलीलाई त्यहाँका स्थानीयले पुल नहुँदा आफूहरुले समस्या भोगि रहेको भन्दै नहरमा सवारी आउजाउ गर्न मिल्ने पुल बनाइदिन आग्रह गरे ।

    मेयर सिंहले आफूहरु त्यसैको लागि आएको भन्दै सँगै रहेका इन्जिनियर भरत बहादुर थापालाई नापजाँच गरेर इस्टिमेट तयार पार्न निर्देशन दिए । रामपुर जसौलीमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक स्तरोन्नतिका साथै शैक्षिक अवस्था सुधारका लागि आवश्यक व्यवस्था मिलाउने पनि मेयर सिंहले प्रतिबद्धता जनाएका छन् । त्यहाँबाट वडा नम्वर २२ जगरनाथपुर फर्केको टोलीले त्यहाँ स्थानीयसँग छलफल गर्दै स्थानीय स्तरमा रहेका समस्याको जानकारी लियो । विभिन्न वडामा चालु रहेका योजनाको अनुगमन, गर्नु पर्ने कामहरुको प्राथमिकिकरण र योजना कार्यान्वयनका लागि मेयर सिंह कर्मचारीसहित टोलटोलमा पुग्न लागेका हुन् । मेयर सिंहसँगै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, योजना शाखाका राजेश चौरसिया, इन्जिनियर भरत बहादुर थापा लगायतको टोली पनि टोल टोलमा पुगेका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑