बिरगंज । परिवर्तनको लागि राजनीतिक समूहले आज पर्सा जिल्ला को जिल्ला प्रशासन कार्यालय पुगेर सेवाग्राहीहरुको समस्याको बारेमा निमित्त कार्यालय प्रमुख महेश राज तिमिल्सिना सङ्ग ध्यानाकर्षण गराएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने सेवा जस्तै नागरिकता , नागरिकता प्रतिलिपी , राष्ट्रिय परिचयपत्र तथा राहदानीको लागि आउने सेवाग्राहीहरु लाई त्यस कार्यालयका कर्मचारीहरुले अनावश्यक समस्या उत्पन्न गराइ दुख दिई रहेको सेवाग्राहीहरुको आरोप छ ।
त्यसता समस्याहरुलाई समाधान गरि सेवाग्राहीको सेवालाई सरल र सुविधा सम्पन्न तरिकाले उपलब्ध गराउन माग गरेकोछ । परिवर्तनको लागि राजनीति समुहका सलाउदिन अहमद , मुकेश द्विबेदी , सुजित गिरि , श्याम गुप्ता , सन्दीप साह, उमाशन्कर गुप्ता ,नन्दलाल रौनियार लगायत को उपस्थिति रहयो ।