• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गर्भवती बोकेको एम्बुलेन्स रोकेर चालकमाथि आक्रमण

  • वीरगंज संजाल
  • २३ मंसिर २०७९, शुक्रबार १६:५५
  • १६२८१

    वीरगंज । गर्भवतीलाई प्रसूतिका लागि अस्पताल ल्याउँदै गरेको एम्बुलेन्स रोकेर बिहीबार राति मोरङको कटहरी गाउँपालिका–२ को नहरनजिक चालकमाथि आक्रमण गरिएको छ। प्रसव पीडाले छटपटाइरहेकी गर्भवतीलाई बोकेको को १ च ४०७९ नम्बरको एम्बुलेन्स रोकेर चालक विराटनगर महानगरपालिका–७ का ३७ वर्षीय चन्दन मुखियामाथि राति ८:३० बजेतिर आक्रमण गरिएको हो। सामुदायिक समाज उत्थान केन्द्रको उक्त एम्बुलेन्समा मोरङको जहदा गाउँपालिका–४ बाट गर्भवतीलाई राखेर प्रसूतिका लागि विराटनगरको कोसी अस्पतालतर्फ ल्याउँदै गर्दा घटना भएको कोसी एम्बुलेन्स चालक संघले जनाएको छ। आक्रमणबाट एम्बुलेन्स चालक मुखियाको आँखालगयात शरीरका विभिन्न भागमा चोटपटक लागेको छ। सामान्य अवस्थाका उनको कोसी अस्पतालमै उपचार गरिएको छ। एम्बुलेन्समा समेत तोडफोड गरिएको छ। तोडफोडबाट सिसा फुटेको र एम्बुलेन्समा सामान्य क्षति पुगेको संघले जनाएको छ। चालक मुखियाका अनुसार मोटरसाइकसहित १०/१२ जनाको समूहमा रहेका युवाले सुरुमा हामी चेकजाँच गर्छौँ भनेर सडकमा एम्बुलेन्स रोके। सिकिस्त अवस्थाकी गर्भवतीलाई अस्पताल पुर्‍याउन ढिला भइसक्यो भन्नासाथ मदिराको नशामा रहेका युवाहरुले आफूमाथि आक्रमण सुरु गरेको र एम्बुलेन्ससमेत तोडफोड गरिदिएको उनले बताए।

    ‘समूहमा रहेकामध्ये सुरुमा १ जना युवाले हात छाडे। त्यसपछि अरुले पनि आक्रमण गर्दै एम्बुलेन्स तोडफोड गर्न थाले। केही युवाले छुट्याएजस्तो पनि गरे,’ चालक मुखियाले भने, ‘ममाथि बारम्बार लात्ता र मुक्का प्रहार भयो। आत्तिएर डराउँदै बिरामीसहित एम्बुलेन्स लिएर त्यहाँबाट भागें। असुरक्षित भएको महसुस गरेर वडा प्रहरी कार्यालय ‘ख’ हाटखोलाको शरणमा पुगें।’तत्काल परिचालित प्रहरी टोलीले खोजी गर्दा आक्रमणकारीहरु घटनास्थलबाट फरार भइसकेका थिए। आपतकालीन अवस्थामा बिरामी बोकेर आइरहेको एम्बुलेन्स बिना कारण रोकेर आक्रमण गरिएको भन्दै दोषीमाथि कारबाहीको माग राखेर चालक मुखियाले शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन्। कोसी एम्बुलेन्स चालक संघले पनि आक्रमणकारीमाथि कडा कारबाही हुनुपर्ने माग गरेको छ। संघका अध्यक्ष अशोक यादवले बिरामीलाई अस्पताल लैजाँदै गरेको एम्बुलेन्सका चालकमाथि आक्रमण हुनु निन्दनीय भएको बताए। ‘परिवारको समेत ख्याल गर्न नभ्याइकन हामी बिरामीको सेवामा अहोरात्र खटिएका हुन्छौँ। बिरामीको सेवामा खटिने एम्बुलेन्स चालकले अनाहाकमा कुटाइ खानु परेको छ। आक्रमणको सिकार हुनु परेको छ,’ उनले भने, ‘चालक नै असुरक्षित भएपछि हामीले अबका दिनमा कसरी एम्बुलेन्स चलाउनु ? दोषीमाथि कानुन अनुसार कारबाही हुनुपर्छ। हैन भने, एम्बुलेन्स सेवा बन्द गरेर आन्दोलनमा उत्रन्छौँ।’

    समयमै उपचारका लागि पुर्‍याएर बिरामीलाई बचाउन भूमिका खेल्ने एम्बुलेन्स चालक नै असुरक्षित हुने अवस्था आउनु दःखद् भएको अध्यक्ष यादवले बताए। उनले आगामी दिनमा एम्बुलेन्स चालकको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने र चालकमाथिको आक्रमण बन्द गरिनुपर्ने माग संघको रहेको जानकारी पनि दिए। ‘एम्बुलेन्स चालकले दुव्र्यवहार र आक्रमण भोग्दै जाने हो भने सेवालाई निरन्तरता दिन हामी असमर्थ हुन्छौँ,’ उनले भने। यसैबीच घटनामा संलग्नमध्ये १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्न भएको आशंकामा कटहरी–३ का २७ वर्षीय अजय कामतलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए। ‘एम्बुलेन्स चालकमाथि आक्रमण भएको घटनामा १ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ,’ उनले भने, ‘विस्तृत अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्छ।’ कार्कीका अनुसार सडकमा रहेका युवाहरुलाई एम्बुलेन्सले ठक्कर दिन खोजेको भन्दै सुरुमा विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘तीव्र गतिमा रहेको एम्बुलेन्सले ठक्कर दिन खोजेको भन्दै बाटोमा बसिरहेका युवाले चालकसँग विवाद गरेछन्,’ उनले भने, ‘त्यसपछि घटना भएको पाइयो।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑