• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज शहरमा ट्राफिक व्यवस्थापनका लागि ५ स्थानमा पार्किङ स्थल निर्धारण

  • वीरगंज संजाल
  • २३ मंसिर २०७९, शुक्रबार १६:४८
  • १४८८१

    वीरगंज । वीरगन्ज शहरलाई व्यवस्थित बनाउने अभियान अन्तर्गत ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला सक्रिय भएका छन् । वीरगञ्जको मुख्य बजार क्षेत्रमा विद्यमान पार्किङ समस्या समाधान गर्न सरोकारवाला सक्रिय भएका हुन् । सोही क्रममा ५ ठाउँमा पार्किङ स्थल निर्धारण गरिनुका साथै केही स्थानमा सडकमा पार्किङ निषेध गर्ने निर्णय समेत गरेको छ । ४ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी साधन व्यवस्थापनका लागि बिर्तास्थित मालपोत कार्यालय प्राङ्गण, हजारी मल ट्रष्टको जमिन, पुरानो बसपार्क भित्र, गीता मन्दिर छेउको जग्गा र घण्टाघर नजिकको वीपी उद्यानको जमिनलाई पार्किङ स्थलको रुपमा तोकिएको छ । हजारी मलको जग्गा स–शुल्क पार्किङका लागि प्रयोग गर्ने निर्णय यसअघि नै भइसकेको छ भने वीपी उद्यानको जग्गा पार्क बनाउने बाहेक अन्य प्रयोजनमा प्रयोग नगर्न उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले आदेश गरिसकेको छ ।
    वीरगन्ज उद्योग वाणिज्य संघदेखि मकालु चोक, आदर्शनगर हुँदै माइस्थान मन्दिरसम्म र घण्टाघर चोकदेखि लिंकरोडको दुवै तर्फ चार पांग्रे सवारी साधन पार्किङ २४ सै घण्टा निषेध गरिएको छ । आदर्शनगर क्षेत्र र आदर्शनगरदेखि अलखियामठसम्म मुख्य सडकमा दुई पाङ्ग्रे सवारी पार्किङमा समेत रोक लगाउने तयारी भईरहेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

    ‘पहिलो चरणमा आदर्शनगरदेखि अलखियामठमा सडकमा एकतर्फी रुपमा हुँदै आएको पार्किङ हटाउने निर्णय भएको छ,’ उनले भने, ‘क्रमशः अन्य ठाउँको पनि सडकमा हुने पार्किङलाई हटाउँदै जानुपर्छ ।’त्रिभुवन राजमार्ग अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक विस्तार हुन नसक्दा सडक साँघुरो छ भने सवारी साधनको चाप अत्याधिक छ । त्यसमाथि सडकमा एकातर्फ दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्ने गरिएको छ । पार्किङ स्थल थपेर वीरगञ्जको अव्यवस्थित सडकलाई व्यवस्थित गर्न लागिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले बताए । ‘वीरगन्जको मुख्य सडक अस्तव्यस्त र भद्रगोल छ । सडकमै सवारी साधन पार्किङ हुन्छ,’ उनले भने, ‘पहिला पार्किङका लागि वैकल्पिक व्यवस्था थिएन, अब केही विकल्प खोजेका छौं, ती ठाउँमा सवारी साधन पार्किङको व्यवस्थापन मिलाएर सडक खाली गर्छौ ।’

    जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुबप्रसाद दाहाल वीरगञ्जको ट्राफिक व्यवस्थित बनाउने उद्देश्यले अभियान थालिएकोले अटेर गरे कानुनी कारबाही गर्ने चेतावनी दिए । निर्णय कार्यन्वयनका लागि वीरगञ्ज महानगरपालिकाबाट नगर प्रहरी, ट्राफिक प्रहरी परिचालन हुनेछन् । तोकिएको ठाउँमा सवारी पार्किङ गर्दा सहरको सुन्दरता बढ्ने वीरगन्ज– ४ का वडा अध्यक्ष जगत साह कानुले बताए ।‘सडकममा सवारी पार्किङ गर्नुपर्दा ट्राफिक व्यवस्थापनमा समस्या छ,’ उनले भने, ‘ क्रमशः सडकको पार्किङ हटाउँदै जानुपर्छ । तोकिएको ठाउँमा सवारी पार्किङ गर्दा सहर सुन्दर देखिन्छ ।’वीरगन्ज महानगरका मेयरले राजेशमान सिंहले निर्वाचन अघि महानगरको आफ्नै ट्राफिक प्रहरी स्थापना गर्ने, पार्किङलाई वर्गीकरण गरी कार्यालय जाने र अन्यका लागि फरक पार्किङ स्थल बनाउने, भाडाका सवारी साधनको रुट र संख्या निर्धारण गर्ने तथा नयाँ पार्किङ स्थल स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑