वीरगंज । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखा वीरगंजकाे आयोजनामा बुधबार कोभिड १९ पूर्व तयारी तथा प्रतिकार्य कोभिड १९ बिरुद्धको खोप अभियान कार्यक्रम सम्बन्धि जिल्ला स्तरीय समन्वय बैठक सम्पन भएको छ । रेडक्रस पर्सा शाखाका सभापति बिरेन्द्र राज कडेलको सभापतित्व र रेडक्रस मधेश प्रदेशका सभापति फुलमहम्मद मियाको प्रमुख आतिथ्यमा सम्पन बैठकले पर्साका दुई वटा पालिकामा खोप लिने संख्यमा सत प्रतिशत पुर्याउने अभियान चलाउने निर्णय गरेको छ । पर्साको पकहामैनपुर गाउँपालिका र बिन्दवासिनी गाउँपालिकामा जनचेतनामुलक काम गर्ने र विद्यालयमा पनि अभियान संचालन गर्ने समेत निर्णय गरेको कार्यक्रम संयोजक अजय यादवले बताए ।
खोप लिनेको संख्यामा सब भन्दा कम पर्सा जिल्ला रहेकाे र पर्सा जिल्लामा पनि सबै भन्दा कम लिनेको संख्या पकहामैनुर, बिन्दवासिनी र सखुवा प्रसाैनी गाउँपालिका रहेकोले खोप लिनेको संख्यामा बृद्धि गराउन तथा सत प्रतिशत नै पुर्याउन अभियान नै चलाउनु परेको रेडक्रस पर्साका सभापति बिरेन्द्र राज कडेलले बताए ।कडेलका अनुसार बर्तमानमा दुईटा पालिका पकहा मैनपुर र बिन्दवासिनीलाई कार्यक्षेत्र बनाएकाे छ । बिन्दवासिनी गाउँपालिकामा ५ बर्ष देखी ११ बर्ष उमेरका १२ हजार ८ सय ९१ जनालाई र १२ बर्ष देखी १७ बर्ष सम्मका ४ सय ६४ जना र १८ बर्ष भन्दा माथीका १२ हजार ३ सय ५१ जनालाई खोप लागेको छ भने ५ बर्ष देखी ११ बर्षका तीन हजार ७ सय २६ जना, १२ देखी १७ बर्षका २ हजार ८ सय ५४ जना र १८ बर्ष माथी ६ हजार ९ सय ४८ जनालाई खोप दिन बाकी रहेको रहेकाे छ ।
यसैगरी पकहा मैनपुर गाउँपालिकामा ५ देखी ११ बर्ष उमेरका १३ हजार ४ सय ७६ जना, १२ बर्ष देखी १७ बर्षका दुई हजार ८२ जनाले र १८ बर्ष भन्दा माथीकाहरु १० हजार ७ सय ७७ जनालाई खोप लागेको छ भने ५ बर्ष देखी ११ सम्मका ५ हजार ७ सय ७८ जना, १२ बर्ष देखी १७ बर्षका ७ सय ४३ जना र १८ बर्ष भन्दा माथीका ५ हजार ६ सय ५२ जनालाई खोप लगाउन वाकी रहेकाे छ । खोप नलिएकाहरु पनि केहीले खोप कार्ड बनाइसकेको सर्बे गर्दा फेला परेको वताइएकाे छ । रेडक्रस पर्साका सभाहलमा बसेकाे बैठकमा पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता, बिन्दवासिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह, जनस्वास्थ्य कार्यालय पर्सा निमित प्रमुख बिनोद झा, जिल्ला प्रशासन कार्यालय पर्साका गौरीशंकर प्रसाद, गैरसरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह रेडक्रसका अधिकृत बिरशमशेर कुर्मी लगायतको उपस्थिती रहेको थियो ।