वीरगंज । हिउँदयाम सुरु भएदेखि नै बढेको काठमाडौंका चिसो पछिल्ला केही दिनमा झन् बढेको छ। सोमबार र मंगलबारको तुलनामा बुधबार काठमाडौं उपत्यकाको तापक्रम घटेको हो।
सोमबार र मंगलबार ६.८ डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम बुधबार विहान पौने ९ बजे ६.८ डिग्रीमा झरेको छ। उपत्यकाको अधिकतम तापक्रम आज दिउँसो २० डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। यस्तै, यो समयमा जुम्लाको तापक्रम माइनस ४.३ डिग्री सेल्सियस रहँदा डडेल्धुराको तापक्रम ६.३ डिग्री सेल्सियस छ।
तापक्रम घट्ने क्रम अझै बढ्ने मौसमविद् गंगा नगरकोटीले उकेरालाई जानकारी दिइन्। न्यूनतम तापक्रम सबैभन्दा बढि रहेकाे विराटनगरमा विहानको तापक्रम ११.८ डिग्री सेल्सियस रहँदा दिउँसाे अधिकतम २७.६ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ।