• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिरहामा अनुमतिबिनाका अस्पताल छ्यापछ्याप्ती, नियामक निकाय मूकदर्शक

  • वीरगंज संजाल
  • २० मंसिर २०७९, मंगलवार ११:२८
  • १८०९

    सिरहा । सिरहामा नियामक निकायको मिलोमतोमा मापदण्डविपरीत अनुमतिबिनाका अस्पताल तथा पोलिक्लिनिकहरू छ्यापछ्याप्ती खुल्न थालेका छन् । नियमनकारी निकायको मौनता कारण लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, सिरहा सदरमुकाम लगायतमा सयौँको सङ्ख्यामा अनुमतिबिना नै अस्पताल तथा क्लिनिकहरू सञ्चालन भएका हुन् । स्थानीय निकाय, प्रहरी प्रशासनकै सेटिङमा अनुमतिबिनाका, मापदण्डविपरीत अवैध अस्पताल तथा क्लिनिकहरू सञ्चालन भएको छ । लहान नगरपालिकामा मात्र सयौँको सङ्ख्यामा क्लिनक तथा अस्पतालहरू सञ्चालनमा रहे पनि जम्मा ४ वटा अस्पताल र ६ वटा क्लिनिकलेमात्र अनुमति लिएको स्वास्थ्य शाखा प्रमुख जगदिश मण्डलले जानकारी दिए । स्वास्थ्य शाखा प्रमुख मण्डल आफैँले लहान ८ मा सञ्चालन गरेको मण्डल क्लिनिकसमेत दर्ताको नभएको नाम नखोल्ने सर्तमा एकजना स्वस्थ्यकर्मीले बताए । उनले भने, ‘नियमनकारी निकायले नै दर्ता प्रक्रियाको लागि फाइल पेस गर्ने क्लिनिक तथा अस्पतालसँग अवैध रकम लिएर सञ्चालन गर्ने छुट दिएको छ। गोलबजार नगरपालिकामा पनि बिनादर्ताको अस्पताल तथा क्लिनिकहरू छ्यापछ्याप्ती खुलेपनि नियमनकारी निकाय मौन रहेको देखिन्छ।

    गोबजारको मुख्य बजारक्षेत्र ४ र ६ नम्बर वडा तथा ७ र ८ नम्बर चोहर्वामा अनुमतिबिनै तीन दर्जनभन्दा बढी अस्पताल तथा क्लिनिकहरू नियम कानुनविपरीत सञ्चालन भए पनि जनप्रतिनिधि तथा स्वास्थ्य शाखाका कर्मचारीहरू भने मौन सर्मथन गरेझैँ गुमनाम बसेका छन् । सम्बन्धित निकायबाट अनुमति नलिएको, विशेषज्ञ डाक्टरको नाममा योग्यता नपुगेका स्वास्थ्यकर्मीले उपचार गर्दै आएको, उपचारको नाममा बिरामीसँग बढी रकम असुली गर्ने गरेको लगायतका जनगुनासो आए पनि नियमनकारी निकाय मौन भएर बसेका छन् । गोलबजारमा मात्रै करिब ३ दर्जनभन्दा बढी मापदण्ड नपुगेका अस्पताल, पोलिक्लिनिकहरू, ल्याबहरू सञ्चालनमा रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख कर्णले क्लिनिकहरू धेरै खुलेका भए पनि केहीले अनुमतिको लागि कागजात पेस गरेका र चुनाव तथा जनप्रतिनिधिको व्यस्तताका कारण अनुगमन गर्न नसकिएको बताए । उनले भने, ‘हामी योजना बनाउँदै छौं, अव तत्कालै सबै स्वास्थ्य संस्थाहरूको अनुगमन गरी प्रकृया पुगेकाहरुलाई अनुमति दिने र कारबाही गर्ने प्रक्रियामा जान्छौ ।’

    जन स्वास्थ्य सेवा नियमावली अनुसार वार्षिक रुपमा नवीकरण फेल भएको ३ महिनाभित्र नवीकरण गर्नु पर्ने प्रावधान छ । तर, गोलबजारमा दुई आर्थिक वर्षदेखि यसको कुनै काम भएको छैन। जिल्ला बाहिर दर्ता भए पनि नवीकरणसमेत नभएको उतिमलाल मेमोरियल अस्पताल प्रा.लि.समेत गोलबजारमा सञ्चालनमा आएको छ । गोलबजार नगर स्वास्थ्य शाखामा नवीकरणका लागि फाइल पेस गरिएका गोलबजार हेल्थ केयर सेन्टर, अजय डेन्टल ,सगरमाथा मोडेल अस्पताल र एस पोलिक्लिनिक, भुमिजा हस्पिटलको करिब २ वर्षदेखि नवीकरण नै नगरिएको स्वास्थ्य शाखा प्रमुख कर्णले स्वीकारेका छन् । उनले भन्ने, ‘नगरभित्र सञ्चालनमा रहेको १२ वटा स्वास्थ्य संस्थाले फाइल पेस गरेको भए पनि अनुगमन हुन नसकेको बताए। जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ ९१० मा कसैले पनि इजाजतपत्र नलिई गैरसरकारी, सरकारी वा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउन नहुने उल्लेख भए पनि सिरहामा भने कानुनलाई लत्याउँदै सयौँको सङ्ख्यामा मापदण्डविपरीत अवैध रुपमा पोलिक्लिनिक, औषधि पसल, अस्पताल, र ल्याबहरू सञ्चालनमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑