• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:आइतबार ०५ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीको दाबी

  • वीरगंज संजाल
  • १८ मंसिर २०७९, आईतवार १२:०२
  • ६०४१

    वीरगंज । प्रत्यक्ष र समानुपातिक तर्फ मधेस प्रदेशमा निर्णायक सिट ल्याएको सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने भएको छ । केन्द्रमा सत्ता गठबन्धनमा सहभागी हुने तयारी गरेको जनमत पार्टीले मधेस प्रदेशमा भने मुख्यमन्त्री सहित चार मन्त्रालय दाबी गर्ने जनाएको हो । निर्वाचनमा पहिलो सहभागितामै राष्ट्रिय पार्टी बनेको जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेस प्रदेशमा आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनका लागि दाबी गर्ने बताए । ‘हाम्रो संघर्षको पृष्ठभूमिको पहिचान मधेसका जनताले चुनावमा गरे,’ राउतले भने, ‘हामीले चुनावी प्रचारका क्रममा जनसरोकारका विषयलाई मूल मुद्दा बनायौं ।

    जनताले अझै पनि राज्यबाट पाउने सेवा प्रवाहको अनुभव गर्न सकिरहेका छैनन् । सरकारमा जानु पनि आवश्यक हुन्छ । प्रदेश सरकारमा पनि जनताका आकांक्षा पूरा गर्ने धेरै अवसर छन् ।’ प्रत्यक्षतर्फ प्रदेशसभामा सप्तरीमा चार र सिरहामा दुईवटा क्षेत्र जितेको जनमत पार्टीले समानुपातिकमा कम्तीमा ७ सिट पाउने आकलन गरिएको छ । मधेसमा सत्ता गठबन्धन दलसँग सरकार बनाउन बहुमत पुग्दैन । त्यसका लागि जनमतको साथ उनीहरूले खोजेका छन् । कांग्रेस नेता विमलेन्द्र निधिले जनमत पार्टीलाई संघ र मधेस प्रदेश सरकारमा ल्याउन कोसिस गरिरहेका छन् । निधिकै पहलमा राउतले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासित भेटेर दुवै सरकारमा जान सकारात्मक रहेको प्रतिक्रिया दिइसकेका छन् । विकास र सेवा प्रवाहलाई अगाडि बढाउन सरकारमा सहभागी हुने राउतले बताए । ‘शिक्षा, स्वास्थ्य र रोजगारी तथा किसानका समस्या समाधान हाम्रो पहिलो लक्ष्य हो, यससँगै विकासको गतिलाई पनि तीव्रताका साथ अगाडि बढाउनु जरुरी छ,’ उनले भने ।

    अन्य दलले गठबन्धन गरेको र आफ्नो दलले एक्लै चुनाव लडेको उद्देश्य उनले मुख्यमन्त्रीका लागि दाबी गर्नु स्वाभाविक भएको जनाए । ‘सिट संख्या हेर्दा चारवटा मन्त्रालय हामीले पाउनुपर्छ,’ राउतले भने, ‘छलफल भइरहेको छ ।’जनमत पार्टीले सरकारको नेतृत्व गर्न पाए मुख्यमन्त्री को भन्ने प्रश्नमा उनले भन्न हतार हुने प्रतिक्रिया दिए । तर, राउत निकटका अनुसार जनमत पार्टीमा सुरुदेखि नै लागेका पार्टी उपाध्यक्ष वसन्त कुशवाहालाई मुख्यमन्त्रीका रूपमा अगाडि सार्ने सम्भावना छ । रौतहट घर भएका कुशवाहाको नाम समानुपातिक सूचीमा मधेसी क्लस्टरमा २ नम्बरमा छ । ‘सरकारमा सामेल हुने वा नहुने, भए मुख्यमन्त्री वा मन्त्रीको बन्ने भन्ने निर्णयको अधिकार पार्टी अध्यक्ष राउतलाई दिइएको छ,’ पार्टी महासचिव चन्दन सिंहले भने, ‘समय आएपछि अध्यक्षजीले निर्णय लिनुहुनेछ ।’ साभार : कान्तिपुर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑