• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सीता-राम विवाह महोत्सव : अयोध्याबाट आउने जन्तीलाई राष्ट्रपति भण्डारीले स्वागत गर्ने

  • वीरगंज संजाल
  • ९ मंसिर २०७६, सोमबार १२:४३
  • ५३७३

    जनकपुरधाम । आजु शुभ दिन मङ्गल–मङ्गल गाउँ हे, जानकीक होएत विवाह जनकपुर आउ हे ।मिथिलाको प्राचीन राजधानी जनकपुरधामको हरेक स्थानमा आजभोलि यस्तै रामायणकालीन मङ्गल गान सुनिन्छ । यही मंसिर १५ गते हुने गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नु भएअनुसारको सीताराम विवाह महोत्सवमा आम समुदायलाई सहभागी हुन निम्तो हो – मङ्गाल गान ।

    जनकपुरमा राजा जनकद्वारा धनुष भङ्गको प्रस्ताव राख्नु, धनुष भङ्ग गर्नेसँग पुत्री सीताको विवाह गर्नु र अयोध्याका राजकुमार रामद्वारा गुरू विश्वामित्रसँग जनकपुरधाम आई धनुष भङ्ग गरी सीतासँग स्वयमवर गर्नु आदि स्मृतिमा सीताराम विवाह महोत्सव यहाँ मनाइने चलन रहेको छ ।

    रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको सो स्वयंवरमा विभिन्न देवी देवताको उपस्थिति रहेको थियो । यसै प्रसङ्गलाई विभिन्न पक्षद्वारा प्रतीकात्मक रूपमा देखाउनु नै सीताराम विवाह महोत्सवको विशेषता हो ।

    सीतालाई छोरी, बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृष्य रूपमा उपस्थिति हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि विहेसम्म सहभागी हुन्छन् ।

    यस महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईलगायत अन्य धर्मावलम्वीहरू पनि सामेल हुने गरेका छन् । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार गरिँदा त्रेतायुगको झलक यस कलियुगमा देख्न पाइन्छ ।

    पौराणिक व्यवस्था अनुरूप राममन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमि पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमि लगिने प्रचलन रहिआएको छ ।

    रङ्गभूमिमा स्वयंवर सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिन्छ । जनकपुरधामका बारेमा मिथिला महात्म्यमा वर्णन गरिएअनुसार ‘जानकी जन्मभूम्यां यः प्राणत्याग करौति वे, न याति विष्णुपदवी पापराशिमतौ पि हि’ अर्थात् जानकीको जन्मभूमिमा जसको देहत्याग हुन्छ, त्यो व्यक्ति सयौं पापको भागी भएर पनि विष्णु लोक पुुग्नेछ

    । यही कारणले पनि जनकपुर नपुगेकाहरू जीवनमा एकपटक यहाँ आउन चाहन्छन् । यसका लागि सीताराम विवाह महोत्सवलाई सुवर्ण अवसरका रूपमा मानिएको छ ।विवाह महोत्सवका अवसरमा निस्किने डोला शोभायात्रामा देशका विभिन्न ठाउँलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु पनि सहभागी हुने गर्छन् ।

    रङ्गभूमिमा वर र कन्या पक्षबीच हुने गरेको हाँसोठट्टा, गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौं संख्यामा सम्मिलित श्रद्धालुको उत्साहमा यो महोत्सव वास्तविक विवाहभन्दा रमाइलो हुने गर्छ ।फूलबारी प्रसङ्गदेखि स्वयंवरसम्मको आयोजनाले महोत्सव दैवी विवाह महोत्सवका रूपमा रूपान्तरित भएको अनुभव गर्दै सहभागी मिथिलाका नारी तथा पुरूष आफूलाई धन्य सम्झन्छन् । यसैबीच महोत्सवको तयारी तीव्र बनाइएको छ ।

    यसपटक अयोध्याबाट पनि भगवान् रामको प्रतीकात्मक जन्ती आउने भएकाले महोत्सवलाई भव्यता प्रदान गर्ने किसिमले तयारी भइरहेको मन्दिरका सहायक महन्त रामरोशन दास बताउँछन् ।

    दासका अनुसार यही मंसिर १३ गते अयोध्याबाट भगवान् रामको प्रतीकात्मक जन्ती जनकपुरधाम आउने र जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पूजा अर्चना र रङ्गभूमि (बाह्र विघा) मैदानमा जन्तीलाई स्वागत र सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    सीताराम विवाह महोत्सको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मंसिर १० गते जनकपुरधाम नगर दर्शन, ११ गते फूलबारी लीला, १२ गते धनुष यज्ञ, १३ गते अयोध्याबाट आएका जन्तीलाई स्वागत र तिलकोत्सव, १४ गते मटकोर, १५ गते स्वयंवर तथा शुभ विवाह र १६ गते राम कलेवा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक
  • बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    News

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    News

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑