काठमाडौं | नयाँ बानेश्वरमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ५०–५५ वर्षीय पुरुष रहेका छन्। आज विहान सवा ६ बजे नयाँबानेश्वर स्थित संसद भवनको १ नम्बर गेट अगाडी नम्बर खुल्न नसकेको सवारी साधनले निलो
रङको ट्रयाक लगाएका पुरुषलाई ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको र दुर्घटना पश्चात सवारी साधनसहित फरार रहेका चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत बानेश्वरले जनाएकाे छ।