सखुवाप्रसौनी | आर.के.चौधरी | पटेर्वासुगौली गाउँपालिका वडा न:२को श्री राष्ट्रिय अाधारभूत विधालय लक्षमीपुर,गाढी पर्साको प्राङ्गणमा नारायणी बयोधा हस्पिटलको आयोजनामा तथा गौतम स्कुलको आर्थिक
सहयोगमा नि:शुल्क स्वास्थ्य जांच तथा परामर्श शिविर पटेर्वासुगौली गाउँपालिकाको उपाध्यक्ष मम्ता महतो थारुको प्रमुख अतिथि र विधालय ब्यवस्थापन समितिको अध्यक्ष सवत्री क्षेत्रीको सभापतिमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।शिविरमा अँखा ,ग्याइनो र अर्थोका नारायणी बयोधा हस्पिटलका डाक्टरले तीन सय
बिरामीहरुलाई जाँच गरेका थिए।कार्यक्रममा हस्पिटलका सहयक प्रमुख दिपेन्द्र श्रेष्ठ,गौतम स्कुलका डाईरेक्टर सोनम लामा,बिधालय समितिका प्रतिनिधिहरु र बिधालयका शिक्षकशिक्षिकाहरूको उपस्थिति रहेको लक्षमीपुरको प्र.अ.द्ववारिका उपाध्यायले जन्कारी गराउनु भयो।