बिरगंज।बिरगंज स्कुल अफँ ल द्वारा आज हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। कक्षा ११ मा कानून अध्ययनरत ४० जना विद्यार्थीहरुको सहभागितामा समपन्न कार्यक्रममा अस्टिन , बेन्थम, सालमन्ड र केल्सन नामक चार समुहको सहभागिता रहेको स्कूल अफँ ल का प्रधानाध्यापक चन्द्रीका प्रसाद पटेलले जानकारी दिनुभयो।
स्कुल अफँ ल को प्रांगणमा भएको उक्त कार्यक्रममा नेपालको संविधान, नेपालको भूगोल, नेपालको इतिहास, विश्वको इतिहास, विश्वको भूगोल, समसामयिक राजनैतिक घटना र नेपाली राजनीतिसँग सम्बन्धि १०० वटा प्रश्नहरु सोधिएको थियो।
‘बेन्थम’ समूहका ज्योति कुमारी पटेल, काजल केसरी, संदिप साह र खुश्बु दुवेदी प्रथम स्थान; ‘अस्टिन’ समूहका मनिषा सिंह, मुकेश साह, रमिता यादव र खुश्बु पटेल दोश्रो स्थान; ‘सालमन्ड’ समूहका ताजमोदिन हवारी, अफराज आलम, स्नेहा यादव र दिपक पटेल तेस्रो स्थान तथा ‘केल्सन’ समूहका विश्वजित भण्डारी, आशिष गुप्ता, रोहित पटेल र कृष्णा मन्डलले सानतावना स्थान हासिल गरेका थिए।
प्रधानाध्यापक चन्द्रीका प्रसाद पटेलको अध्यक्षता र उच्च अदालत बिरगंज बार एसोसिएसनका अध्यक्ष अधिवक्ता विशाल चौधरी तथा पर्सा जिल्ला अदालत बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता अजय कुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य स्कुल अफँ ल का को-ओर्डिनेटर दिलखुस देवानले व्यक्त गरेका थिए भने निर्णायक मन्डलको भुमिकामा ब्राइट भिजन ल कलेज बिराटनगरमा बिए. एल. एल. बि अध्ययनरत राहुल श्रीवास्तव हुनुहुन्थ्यो।
कार्यक्रमको सहजीकरण स्कुल अफँ ल का शिक्षक दिनानाथ साहले गरेका थिए। यस्तो अतिरिक्त शैक्षिक कार्यक्रमले विद्यार्थीहरुको चौतर्फी विकाश र कानूनको जानकारी हुने कुरा प्रमुख अतिथि अधिवक्ता विशाल चौधरीले बताउनु भयो।