वीरगंज । नेपाल साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा उपाधि जितेको छ । शुक्रबार भएको खेलमा बंगलादेशसँग १–१ गोलाको बराबरी खेल्दै नेपालले उपाधि जितेको हो । ढाकामा नेपालले सुरुवाती अग्रता बनाएको थियो । नेपालका लागि सुशीला केसीले १४ औं मिनेटमा गोल गरिन् ।
उता बंगलादेशका लागि रुक्मा एक्तरले गोल गर्दा बंगलादेश बराबरीमा आयो ।
बराबरी भएसँगै नेपाल शीर्ष स्थानमा रहँदै १० अंक जोडेर च्याम्पियन बन्यो । उता बंगलादेशले ७ अंक जोडेर तेस्रो भयो ।